पढ्न करिब 5 मिनेट लाग्छ

असोज ५, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजार झोलुङगे पुलको पर्यटकीय स्थल भनी चर्चा आउदै गर्दा केही धन्दा समेत बाहिर आउदै छ ।

कुश्मा बजार क्षेत्रमा कानून विपरितका औषधि पसलेहरुको कालोधन्दा सेलाउन नपाउदै बजारमा अर्को घरेलु मदिराको गोरखधन्दा बाहिर आएको छ ।

यसरी हेर्दा जिल्लाको सदरमुकाममा एकपछि अर्को कालो धन्दा चलाउनेहरुको विगविगी बढेको पाईएको हो । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मेडिकलवालाको कालो कर्तुत सेलाउन नपाउँदै जिल्लामा अर्को अबैध धन्दाको विगविगी बढेको भेटिएको छ जून स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने गर्छ ।

कुश्मा बजारको गल्लीगल्लीमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेको संख्या बढेको पाइएको छ । मंगलबार बजारमा सामुदायिक सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय र टूाफिक कार्यालयले संयुक्त रुपमा अनुगमन गरेकोमा अवैद्य धन्दाको खुलासा भएको हो ।

अनुगमनको क्रममा मदिरा उत्पादनको लागि तयार पारिएको कच्चा पदार्थ जाँडमा अंकुशे किरा परेको भेटिएको छ । अनुगमन टोलीले शिवालय चोक, बडागाउँ र प्रगतिचोक लगायतका चोकमा अनुगमन गरेको थियो । अनुगमन क्रममा टोलीले १ सय घरमा अबैध रुपमा घरेलु मदिरा उत्पादन हुने गरेको भेटिएको बताएको छ ।

चाडपर्व नजिकिदै गर्दा कुश्मा बजारमा घरेलु मदिराको प्रयोग बढेपछि त्यसको रोकथामको लागि प्रहरीले अनगुमन बढाएको हो ।चाडपर्व शुरु भएसँगै मदिराको प्रयोग बढ्ने भएकोले अनुगमन थालिएको सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मानकुमारी गिरीले बताईन् ।

बजारको शिवालचोक, बडागाउँ र प्रगतिचोकमा गरिएको अनुगमनमा घरेलु मदिरा तयार पार्न राखिएको जाँडमा किरा परेको भेटिएको उनले बताईन् । अनुगमनका क्रममा घरेलु मदिरा बनाउनेहरुलाई कानूनी दर्ता गरेर मात्रै मदिरा उत्पादन गर्न वा बन्द गर्नको लागि सुझाव दिएको अध्यक्ष गिरीले बताइन् ।

बजारमा अबैध रुपमा मदिराको बेचविखन भैरहेको र त्यसले समाजमा प्रतिकुल असर पारेको सूचना पाएपछि अनुगमन थालिएको अस्थायी प्रहरी विटका प्रमुख धनश्याम ढकालले बताए ।

अनगुमनका क्रममा घरेलु मदिरा उत्पादन गर्ने व्यक्तिलाई अबैध रुपमा मदिरा उत्पादन नगर्नको लागि सुझाब दिएको बताए । प्रहरीले अबैध रुपमा उत्पादन हुने घरेलु मदिरा आफूले नष्ट नगरी उत्पादनकर्तालाई नै फाल्न लगाएको बताए । पर्बतमा बार्षिक रुपमा करोडौं रकम रक्सीमा खर्च हुन्छ ।

जिल्लामा लगाइने विभिन्न महोत्सव, मेला, विवाह, व्रतबन्ध र बनभोज जस्ता कार्यक्रममा रमाइलोको लागि प्रमुख आधार मदिरा सेवन हुने गरेको छ ।

मदिरा सेवनकै कारण जिल्लामा सार्वजनिक अपराध बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । स्थानीय रुपमा मदिराजन्य पदार्थ उत्पादन गर्न कानुनले बर्जित गरेको छ तर लुकिछिपी स्थानीय रुपमा पनि मदिरा उत्पादन गर्ने गरेको पाइन्छ । अनुगमनमा रक्सी बनाउनका लागि प्रयोग गरिएको कच्चा पदार्थ निकै नै हानिकारक रहेको बताइएको छ । त्यो कच्चा पदार्थबारे मानिसले कल्पना समेत गर्न नसक्ने अनुगमनमा सहभागी एक जनाले बताए ।

के गर्दै छ पर्वत प्रहरी ?

यसैविच जिल्ला प्रहरी कार्यलय पर्वतले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने भन्दै सवारी चेकजाँचमा कडाई पारिएको बताएको छ ।

प्रहरी नायव उपरीक्षक शेखर खनालले चाडबाडमा धेरै मापसे सेवन गर्ने र लापर्बाहीपूर्वक सवारीसाधन चलाउनाका कारण ठुल्ठुला दुुर्घटना हुन सक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था गरिएको बताए । प्रहरीले सवारीसाधनले बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न पर्वतमा भित्रिने तथा बाहिरिने नाकामा विशेष जाँचको व्यवस्था मिलाइएको छ ।

यसैगरी कुश्मा बजारमा सवारीसाधनमा धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष राख्न लागिएको खनालले जानकारी दिए । नागरिक सहायता कक्षमा कहाँदेखि कहाँसम्म कति भाडादर भन्ने बारेमा सूची टाँस गरिने उनले बताए ।उनले सवारी चालकले सवारी नियम उलंङघन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा नागरिक सहायता कक्षमा सम्पर्क गर्न समेत आग्रह गरे ।

कुश्मा बजारको शिबालय चोकमा नागरिक सहायता राखिने उनको तर्क छ । बजारमा अबैध रक्सी पसलहरु संचालनमा रहेका तथा रक्सी पनि खानै नहुने तरिकाले बनाएको थाहा पाएपछि सदरमुकाम कुश्मामा रहेको अस्थाई प्रहरी बिटले अनुगमनलाई तीव्र पार्न थालेको दावी गरेको छ ।

नगरपालिकाको हातभित्रनै घरेलु मदिराको विगविगी भएता पनि नगरपालिका भने निद्रामा लिन भएको छ । नियगमन गर्ने निकायनै नागरिकको स्वास्थ्यमाथि हुने खेलवाडको विषयमा मौन हुनुले पनि जिल्लामा कालो धन्दा गरेर बसेका अबैध मदिरा उत्पादन गर्ने र मेडिकलवाला नागरिकको स्वास्थ्यमा खेलवाड गर्दै आइरहेका छन् । नगरभित्र रहेका अबैध रुपमा मेडिकलमा एक्सरे, भिडियो एक्सरे तथा अन्य सेवाहरु संचालन गरेका निकायलाई कानूनको दायरामा ल्याउनको लागि जिल्ला प्रशासन र नगरपालिकाले सकेको छैन । जसका कारण पनि बजारमा अबैध भन्दा मौलाएको छ ।

नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको प्रमाणित हुदाँ पनि उन्मुक्ति दिने नियगमन निकाय आफ्रै पनि त्यस क्षेत्रमा हातेमालो गरेको छ कि भन्ने आम नागरिकमा भान हुन थालेको छ । उपभोक्ता हक हितका नारा उठाउने संघसंस्था र नागरिक समाज पनि बेखबर जस्तै बनेर बसेका छन् ।