Skip to content
Friday, July 17, 2026 Nepali Online Media

द्धन्द क्रममा प्रभावित डडेल्धुराका १ सय ३३ व्यक्तिका आफन्तले राहात पाएनन्

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

ललित बोहरा/असोज ५, डडेल्धुरा । सशस्त्र द्धन्दको क्रममा मृत्यु वरण गरेका व्यक्तिका नजिकका हकदार मध्ये शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तगत जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट अहिले सम्म एक सय आठ हकदारले राहत प्राप्त गरेका छन ।

राहात प्राप्त गर्ने एक सय आठ मध्ये ७६ लाई पाँच लाख, २८ लाई चार लाख, तिन लाई तिन लाख तथा एक लाई एक लाख रुपैयाका दरले राहत वितरण गरिएको स्थानिय शान्ति समिती डडेल्धुराले जनाएको छ ।

दिगो शान्ति राष्ट्र विकासको आधार भन्ने नारा सहित विश्व शान्ति दिवसका अवसरमा स्थानिय शान्ति समिती डडेल्धुराले बुधबार डडेल्धुरामा गरेको अन्तरक्रियामा सार्वजनिक गरिएको डडेल्धुरा जिल्लाको द्धन्द पीडित पाश्र्वचित्र किताबमा द्धन्द्ध प्रभावितलाई प्रदान गरिएको राहातको यस्तो विवरण उल्लेख छ ।

द्धन्द प्रभावित भई व्यक्ति तथा संरचनाको लागत संकलन कार्यदलमा समावेश भई हाल सम्म राहत नपाउनेको संख्या डडेल्धुरामा अझै एक सय ३३ रहेको उक्त कितावमा उल्लेख छ । यस्तै किताबमा उल्लेख भए अनुसार राहत नपाउने टुहुरा व्यक्तिको संख्या पाँच छ ।

द्धन्द प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यादलमा समावेश भएका द्धन्द क्रममा अपांग भएका व्यक्ति परिवारको संख्या डडेल्धुरामा ६५ छ । घाईते अपांगहरुलाई विरण गरिएको जीवन निर्वाह भत्ता अहिले सम्म पाँच जनाले मात्र पाई रहेका छन ।

लगत संकलनमा समावेश भई राहात पाएकमो बेपत्ताको संख्या तिन रहेको कितावमा उल्लेख छ । पुर्नःस्थापनाका लागी विस्तापित व्यक्ति परिवारले पाएको राहात सुविधा अहिले डडेल्धुराका ९४ प्राप्त गरेका छन ।

सशस्त्र द्धन्दका क्रममा मृत्युवरण गरेका राष्ट्र सेवक सुरक्षाकर्मी सेना, प्रहरी ३६ मध्ये दुई लाई पाँच लाख, दुई लाई तिन लाख र अन्य ३२ लाई एक/एक लाख रुपैँयाका दरले राहत वितरण गरिएको सार्वजनिक गरिएको कितावमा समावेश गरिएको छ ।