२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेयर साह ‘महामुर्ख’ ऋषि धमला ‘पटमुर्ख’ उपाधिबाट सम्मानित

२०७९, २४ फाल्गुन बुधबार ०६:०४

फागुन २४, काठमाडौँ | जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहलाई महामुर्ख र सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा साहलाई ‘महामुर्ख’ र धमलालाई ‘पटमूर्ख’ घोषित गरिएको हो ।

आयोजकले उनीहरुलाई महामुर्ख र पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान गरेको थियो । मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।


मंगलबार जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा महामूर्खसहित अन्य १३ जनालाई विभिन्न उपाधिहरु प्रदान गरिएको हो।

मिनापले यसवर्ष सञ्चारकर्मी ऋषि धमलालाई पटमुर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनाष्टिक माध्यमिक विद्यालयका निर्देशक डा. सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधि प्रदान गरेको छ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।

२०६१ सालबाट जनकपुरधाममा मिनापले महामूर्ख सम्मेलनको सुरुवात भएको थियो । ०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, ०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, ०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, ०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, ०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, ०६६ मा पूर्वमन्त्री रामचन्द्र झालाई प्रदान गरिएको थियो । त्यस्तै, ०६७ सालमा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, ०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, ०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, ०७० मा तमलोपाका बरिष्ठ नेता डा. विजयकुमार सिंह, ०७१ मा नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतो, ०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो । त्यस्तै ०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम स्थगित गरेको थियो ।

०७४ मा महामूर्खको उपाधि पूर्वराष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, ०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको थियो भने ०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवम् २०७८ सालमा अर्थविद डा. भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै