2026-07-25 05:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रमिक महिलालाई छुँदैन महिला दिवसले

फागुन २४, राँझा | बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका वुधी थारू प्रत्येक दिन कामको खोजीमा बिहानै नेपालगञ्जको रामवाग र आसपासको क्षेत्रमा पुग्नु हुन्छ । नेपालगञ्जको श्रमिक बजारमा उभिएर ज्यालादारी काम खोज्नु वुधीको दैनिकी हो । आज एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन पनि उहाँ साथीहरुसँगै कामको खोजीमा हुनुहुन्थ्यो । 

“दिवस त ठूला मान्छेका लागि हो, हुनेखानेका लागि हो हामीलाई काम नै ठूलो हो, दिवस मनाएर के गर्ने ?”, नेपालगञ्जमा कामको पर्खाइमा रहनुभएकी वुधीले भन्नुभयो, “दिवस भनेर जुलुसमा गयो भने त घरमा केटाकेटी भोकै हुन्छन् त्यसैले दिवस नमनाउने ।” 

सहरमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रभातफेरि र सभाको तयारी भइरहँदा वुधी थारू जस्ता श्रमिक महिला कामको खोजीमा भौँतारिरहनुभएको थियो । उहाँहरुलाई प्रत्येक वर्ष तामझामका साथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले छुनसकेको छैन । 

बर्दियाको राजापुरबाट मजदुरी गर्न नेपालगञ्ज आउनुभएकी लक्ष्मी थारू भन्नुहुन्छ, “महिला दिवस मनाउन पाउने भाग्य भएको भए यहाँ किन काम खोज्दै हिँड्थ्यौँ, काम पाइयोस्, ज्याला पाइयोस् यही नै हाम्रो दिवस हो ।” 

नेपालगञ्जमा कामको खोजीका लागि प्रत्येक दिन महिला पुरुष श्रमिक लाइन लाग्ने गर्दछन्  । लाइनबाटै काम र ज्यालाको समझदारी भएपछि कामका लागि उनीहरु सम्बन्धित क्षेत्रमा जाने गर्दछन्  । आज अन्तर्राष्ट्रिय महिला दिवस भए पनि मजदुर महिलाको सङ्ख्यामा कुनै कमी थिएन । “दिवसले खान लाउन दिँदैन, काम त खोज्नै प¥यो, खान बस्न प¥यो”, लक्ष्मीले भन्नुभयो, “दिवस मनाउने मनाउनुहुन्छ, हामीलाई दिवस मनाउने फुर्सद छैन ।”

यो वर्ष अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट)ले कामको पर्खाइमा रहेका श्रमिक महिलाको स्वास्थ्य परीक्षण तथा दिवसबारे नेपालगञ्जमा जानकारी गराएको 

छ । श्रमिक महिलाको हक अधिकारबारे जानकारी गराउनाका साथै निःशुल्क स्वास्थ्य परीक्षण गरी सेनेटरी प्याड र मास्क वितरण गरिएको जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जमा एक सय बढी श्रमिक महिलालाई स्वास्थ्य र श्रम अधिकारका बारेमा परामर्श दिइएको हो । 

अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य शान्ति ढकालले दिवसले वास्तविक श्रमिक महिलालाई समेट्न नसकेको स्वीकार गर्नुभयो । दिवसलाई विना तयारी र औपचारिकतामुखी बनाइँदा पनि सम्बन्धित सरोकारवाला व्यक्ति नै छुट्ने गरेको उहाँको भनाइ छ । 

“यो कुनै दल, सङ्गठन वा व्यक्तिले चाहेर हुने कुरा होइन, वास्तविक श्रमिक महिलालाई दिवस मनाउन सक्ने वातावरणको लागि दीर्घकालीन सोचका साथ योजना हुनुपर्दछ”, ढकालले भन्नुभयो, “अहिले स्थानीय सरकार, सामाजिक सङ्घसंस्था र राजनीतिक दलका भ्रातृ सङ्गठनले दिवसको मर्मविपरीत आफू अनुकूल कार्यक्रम गर्ने गरेका छन् ।”

मजदुर नेता पूर्णचन्द्र उपाध्यायले वर्षमा एकपटक मनाइने दिवसले वास्तविक श्रमिक महिलालाई नछुने बताउनुहुन्छ । उहाँले दीर्घकालीन सोचका साथ नीतिगतरुपमा श्रमिक महिलाको हकहितलाई समेटेर कार्यक्रम ल्याउन सकेमात्र दिवस मनाउनुको औचित्य हुने उल्लेख गर्नुभयो ।

खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आफूले चाहँदा चाहँदै पनि सबै श्रमिक महिलालाई दिवसमा समेट्न नसकेको बताउनुभयो । उहाँले आर्थिक कारणले पनि महिला विभेदमा परेको भन्दै उत्पादनमूलक काममा जोडिन महिलालाई आग्रह गर्नुभयो । महिलाका सवालमा गाउँपालिकाबाट विभिन्न कार्यक्रममा बजेट विनियोजन भए पनि श्रमिक महिलाका तर्फबाट माग भई नआएकाले उहाँहरुका लागि छुट्टै कार्यक्रम बनाउन नसकेको उपाध्यक्ष मल्लको भनाइ छ ।   

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वास्तविक श्रमिक महिलाहरु अझै पनि दिवसको अर्थ, महत्व र कार्यक्रमभन्दा बाहिर रहेको बताउनुभयो । “श्रमिक महिलालाई रोजगारको सुनिश्चितता, श्रमको उचित पारिश्रमिक लगायतका विषयमा यो दिवसले बोल्नुपर्ने हो तर त्यहो हुन सकेको छैन”, श्रेष्ठले भन्नुभयो, “सबै खाले श्रम गर्ने महिलाले श्रमको उचित मूल्य पाउनुपर्नेमा सरोकारवाला सबै पक्ष लाग्नु पर्दछ ।”

हिजोभन्दा आज महिला दिवसको महत्व बढ्दै गएकाले यसलाई औपचारिकतामा मात्र सीमित राख्न नहुने सरोकारवालाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक