2026-10-15 08:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विभिन्न शैक्षिक माग राख्दै नेक्राविसंघ जुम्लाद्धारा जिशिकामा ज्ञापन पत्र पेश

नन्दराम जैशी | असोज ६, जुम्ला | नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाले बुधबार विभिन्न शैक्षिक माग राख्दै जिल्ला शिक्षा कार्यालय जुम्लामा ज्ञापन पत्र बुझाएको छ । जुम्ला जिल्लामा विद्यामान शैक्षिक समस्याको समाधानमा जिल्ला शिक्षा कार्यालय नै उदासीन रहेको भन्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लांले विभिन्न ११ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो । आफुले उठाएका जायज मागहरु प्रति कार्यालय संवेदनशिल नदेखिएको भन्दै ध्यानाकर्षण गरिएको नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाले जनाएको छ ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाका अध्यक्ष तथा केन्द्रीय सदस्य महेश नेपालीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपालको संविधान २०७२ मा निशुल्क र अनिवार्य शिक्षा हुने व्यवस्था भए अनुसार निशुल्क शिक्षा हुनु पर्ने उल्लेख गरिएको छ । सरकारी दरबन्दी र अनुदान पाएका सम्पुर्ण उच्च माविहरुको अध्ययन निशुल्क गरिनुु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै कक्षा ११ का लागि रजिष्टेशन बापत तोकिएको भन्दा बढि शुल्क असुलेको, चारीत्रिक प्रमाण पत्र वापत चर्को शुल्क लिएको, सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पढाईने नाममा लिईदै आएको शुल्क फिर्ता गरिनु पर्ने माग गरिएको छ ।

विद्यालयहरुमा अविलम्भ सामाजिक परिक्षण गरिनु पर्ने, प्र.अ. मिलान प्रक्रिया तुरुन्त कार्यान्वयन गरिनु पर्ने र विद्यालयमा नजाने शिक्षकहरुलाई कारबाहि गरिनु पर्ने लगायातका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उल्लेखित मागहरुको सम्बोधन नभए गर्न आग्रह गरिएको  छ ।

यदि मागहरु पुरा नभए आन्दोलन गर्न बाध्य हुने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यता जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले जायज मागहरुको उचित सम्बोधन गर्न आफुहरु तयार भएको बताउनु भयो । उहाँले अधिकांस मागहरु कार्यालयसँग सम्बन्धित रहेको भन्दै जायज मागहरु सम्बन्धित समितिमा लैजाने बताउनु भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने