2026-09-11 10:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डम्पिङ साइट नहुँदा दुई देशका यात्री प्रभावित

असोज ६, वीरगन्ज । दैनिक करिब ७५ टन फोहरमैला निस्कने वीरगन्ज उपमहानगरपालिकासँग स्थायी डम्पिङ साइट नहुँदा नगर क्षेत्रको फोहोर नेपाल–भारतको दशगजा क्षेत्रमा फाल्ने गरेकाले ती फोहोरबाट निस्कने दुर्गन्धले दुवै देशका यात्री प्रभावित बनेका छन् । 

उपमहानगरपालिका घोषणा भएको १८ वर्ष हुँदा पनि नगरपालिकासँग फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट नहुँदा अहिले ती फोहोर नेपाल–भारत दशगजामा रहेको मितेरी पुलवरिपरि तथा धार्मिक नदी सिर्सिया क्षेत्रमा फ्याँक्ने गरिएको छ । 

पर्साको विश्रामपुरमा १६ बिघा क्षेत्रफलमा एसियाली विकास बैंकको १८ करोड ऋण सहयोगमा सुविधासम्पन्न ल्यान्डफिल साइट निर्माण गर्ने काम सुरु भएको वीरगन्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाश अमात्यले बताउनुभयो । 

फोहोर सङ्कलनमा दैनिक २४७ स्विपर, २० वटा ट्याक्टर र दुईवटा टिप्पर प्रयोग भए पनि ती फोहोर बस्तीनजिकै फ्याँक्दा स्थानीयावासी प्रभावित भएका छन् भने दुर्गन्धले आवतजावत गर्ने यात्रुसमेत प्रभावित भएका छन् । 

नेपाल–भारतको सीमा दशगजा क्षेत्रमा तथा नदीमा फोहोर फ्याँक्नु गलत हो र यसले जलचरसमेत प्रभावित हुने गरेको भन्दै पूर्वराजदूत विजयकान्त कर्ण भन्नुहुन्छ, “दुवै देशका सीमा दशगजा क्षेत्रमा फोहोर फ्याँक्नाले नेपाल–भारतबीचको सम्बन्धमा असर पर्ने देखिन्छ ।” 

नेपाल प्रवेशद्वारका रुपमा रहेको मितेरी पुलको वरिपरि फोहोर फ्याँक्नाले सो वरिपरिका गाउँका बासिन्दा मात्र नभई कामविशेषले नेपाल आउने भारतीय नागरिकसमेत दुर्गन्धका सिकार हुने गरेका छन् । सन् २०१८ सम्ममा ल्यान्डफिल्ड साइटको निर्माण सम्पन्न गराउने लक्ष्य लिएको वीरगन्ज उपमहानगरपालिकाले सहर, बस्तीभन्दा टाढा फोहोर फ्याँक्नुपर्ने माग वीरगन्जवासीको रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस