Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 22, 2016 पर्बत - PBT, समाज

शमी युवा पुरस्कारबाट अमन सम्मानित

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p align="justify"><b>असोज ६ पर्वत ।</b> शमी युवा पुरस्कारबाट अमन पौडेल सम्मानित भएका छन् । विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई शमी युवा पुरस्कारबाट शमी साहित्य प्रतिष्ठानले सम्मान गरेको हो । घर मानै पाइने प्लाष्टिकका बोतल, तार, किला, काठ र कागज लगायतका अन्य सामाग्रीबाट एक दर्जन भन्दा बढि&nbsp; विज्ञान प्रविधिका सामाग्री बनाएका अमनलाई बुधबार २२ हजार नगद र सम्मानपत्रले सम्मान गरिएको हो ।</p><p align="justify">उनी हिमालय उमाविमा कक्षा ९ मा अध्ययनरत रहेका छन् । उच्च माबिको लैङ्गिक अध्ययन विषयमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई बीस हजार एक सय एक नगद राशिसहितको शमी सम लैङ्गिक अध्ययन पुरस्कार प्रदान गरिने शमी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदिप नेपालले बताए । जसअनुसार २०७१ को लागि भुटनदेवी उमाविका सिर्जना परियार र २०७२ का लागि नवोदित उमाविका ,काठमाडैंका राज ढुङगानालाई प्रदान गरिएको छ । सोही अबसरमा प्रतिष्ठानले यस वर्षको शमी साहित्य साधना सम्मान&nbsp; वरिष्ठ यात्रा निबन्धकार घनश्यामराज राजकर्णिकारलाई प्रदान गरेको छ । एक लाख एक सय एक राशिसहितको सो सम्मान बुधबार राजकर्णिकारलाई प्रदान&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; गरिएको हो ।<br></p>