Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिता: निङ्गलाशैनीलाई उपाधि

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १६, बैतडी । सहिद दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसी)ले जितेको छ ।

बुढाबाजे क्रिकेट मैदान रातामाटामा आज भएको फाइनल खेलमा योङ्गस्टार क्रिकेट क्लब, मेलौलीलाई ४८ रनले हराउँदै निङ्गलाशैनीले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित ४० ओभरमा खडक बोहराको अविजित ११४ रनको मद्दतमा तीन विकेट गुमाउँदै २७५ रन बनायो ।

दुई सय ७६ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको योङ्गस्टार क्लबले ३५ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै २२७ रन मात्र बनायो । उसका लागि प्रकाश साउदले ६९ रन बनाए ।

उपाधिसँगै निङ्गलाशैनीले रु ५० हजार तथा उपविजेता योङ्गस्टारले रु २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताभर ३२७ रन तथा १२ विकेट लिएका योङ्गस्टार क्लबका प्रकाश सिंह म्यान अफ द सिरिज घोषित भई रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

विजयी टोलीलाई आयोजक सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष शेरसिंह रावल, जिल्ला क्रिकेट सङ्घ बैतडीका अध्यक्ष रमेश बोहरालगायतले पुरस्कार प्रदान गरेका थिए । सहिद दशरथ चन्दको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । रासस