अजयकुमार साह/माघ २५, उदयपुर । जिल्लाको सवैभन्दा लोकप्रिय र ठूलो खेलको रुपमा मानिने उदयपुर गोल्डकप फुटबल खेलको चौथो संस्करण आगामी माघ २७ देखि फाल्गुन ५ गतेसम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/माघ २५, उदयपुर । जिल्लाको सवैभन्दा लोकप्रिय र ठूलो खेलको रुपमा मानिने उदयपुर गोल्डकप फुटबल खेलको चौथो संस्करण आगामी माघ २७ देखि फाल्गुन ५ गतेसम"/>

2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

चौथो उदयपुर गोल्ड कप थरुहट रंगशालामा हुने


अजयकुमार साह/माघ २५, उदयपुर । जिल्लाको सवैभन्दा लोकप्रिय र ठूलो खेलको रुपमा मानिने उदयपुर गोल्डकप फुटबल खेलको चौथो संस्करण आगामी माघ २७ देखि फाल्गुन ५ गतेसम्म सन्चालन हुनेभएको छ ।  

गोल्डकप तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले शनिबार नवनिर्मित थरुहट रंगशाला गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । विजेतालाई दुई लाख र उपविजेतालाई एक लाख नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिने उक्त गोल्डकप प्रतियोगिताको संयोजक जिल्ला विकास समिति उदयपुर र त्रियुगा नगरपालिकाले गरेको छ भने सहमुख्य प्रायोजन एसियन थाईफुड प्रा.लि. ले गरेको छ ।

यसबर्षदेखि आप्mनै खेल मैदान, सदरमुकाम गाईघाटको थारुहट रंगशालामा सन्चालन हुने गोल्डकपको फिल्ड निर्माण, मञ्च निर्माण तथा सजावटको कार्यहरु पुरा भईसकेको मुल आयोजक समितिका संयोजक किरण राईले बताएकाछन् । नेपाल सरकारको लगानीमा निर्मित रंगशाला घेराबेरा गर्ने, सम्याउनेदेखि दुबो उमार्नेसम्मको काम भईसकेको छ । पाँच हजार दर्शक अट्ने क्षमताको रंगशालामा हाल तीन हजार दर्शक बस्न मिल्ने ब्यवस्था मिलाईएको छ ।

प्रतियोगितामा विभिन्न राष्ट्रिय स्तरका ८ वटा टिमले भाग लिने पक्का भएको छ । जसमा रमपम झापा ११, रुपन्देही ११, धरान फुटबल क्लव, एपिएफ क्लव काठमाडौं, मोरङ ११, सिएमसी संकटा क्लव काठमाडौं, उदयपुर ११ र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लव काठमाडौं सहभागि हुने पक्का भएको हो ।

प्रतियोगिताको प्रचारलाई ब्यापक बनाउन उदयपुरका दुईदर्जन साईक्लिष्टहरुले र्याली पनि गरेका छन् । उनीहरुले सदरमुकाम गाईघाटदेखि बेल्टारबसाहा नगरपालिका हुदै सप्तरीको फत्तेपुर हुदै सुन्दरपुर, हडिया, जोगिदह, मोतिगडा सम्मको यात्रा तय गरेकाछन् । साईकल यात्राको क्रममा उनिहरुले गोल्डकपको बारेमा प्रचार प्रसार गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई