१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने

१९ बैशाख २०७४, मंगलवार ०५:२३

बैशाख १९, नगरकोट । भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने भएको छ । 

ब्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले करिब पाँच रोपनी क्षेत्रमा निर्माण हुने कोर्टका लागि करिब रु ६८ लाखको लगत इस्टिमेट तयार गरिसकिएको बताउनुभयो । त्यसका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पहिलो चरणका लागि रु २० लाख विनियोजनसमेत भइसकेको उहाँले जानकारी दिनुभयो । 

उक्त बजेट प्राप्त गर्न जिल्ला समन्वय समिति भक्तपुरसँग सम्झौताका लागि अन्तिम चरणमा पुगिसकेको समितिका सचिव राधेश्याम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कभर्डहल निर्माण गर्न स्थानीय उपभोक्ताले गत माघमै उपभोक्ता समिति गठन गरेका थिए । उपभोक्ता समितिले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको उहाँले बताउनुभयो । 

यसैबीच, स्थानीय उपभोक्ता समितिले आइतबार स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालासँग भेट गरी कोर्ट निर्माणसम्बन्धी छिटो सम्झौता गर्न ध्यानाकर्षण गरेको छ । चालु आवभित्रै रु २० लाखको कार्य गर्नुपर्ने भएकाले सम्झौतामा ढिलाइ नगर्न स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गरिएको अध्यक्ष कुइँकेलले जानकारी दिनुभयो । 

समितिले यस वर्ष काम सुरु भएपछि अन्य क्षेत्रबाट पनि बजेट व्यवस्थापनका लागि सहज हुने बताएको छ । भक्तपुरमै पहिलो कभर्ड हल निर्माण गर्न स्थानीय उपभोक्ता सक्रिय भएर लागेको देखेर आफू पनि प्रभावित भएको स्थानीय विकास अधिकारी कोइरालाले बताउनुभयो । 

उहाँले जिल्ला समन्वय समितिको सम्पूर्ण प्रक्रिया पूरा गरेर तीनचार दिनमै कभर्डहल निर्माण उपभोक्ता समितिसँग सम्झौता हुने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, ८ प्रहरीसहित २४ जना घाइते १२० चिनियाँ व्यवसायीमाझ ओलीले भने- नेपालमा धेरै क्षेत्रमा सम्भावना छ, लगानी गर्नुहोस् वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ लोकेश बम बने ‘प्लेयर अफ द म्याच’ रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुको विषयमा छलफल मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ : अध्यक्ष प्रचण्ड एनपीएलमा विराटनगरको पहिलो जित, २ विकेटले हरायो लुम्बिनी लाइन्सलाई काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला बिराटनगरलाई चौथो झट्का! बिराटनगर लाई पहिलो झट्का, ३ ओभरको समाप्तिमा जोड्यो २० रन! सरकारी नम्बर प्लेट लगाएका दुई गाडीहरूबाट गाँजा बरामद, एक जना पक्राउ अध्यक्ष प्रचण्डलाई गरियो गणतन्त्र नायक सम्मानबाट सम्मानित रोजगारीका लागि कात्तिक महिनामै विदेशिए ७० हजारभन्दा बढी नेपाली लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको कृतिमानी लक्ष्य लुम्बिनीको सातौ विकेट पतन प्राधिकरणमा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक थियो : मन्त्री खड्का मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते लुम्बिनीको चौथो विकेट पतन देशव्यापी खोप अभियान पाठेघर क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल