कमल रावल/बैशाख २२, अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि आयोजना हुदै आएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको १० औँ सस्करण आगामि बैशाख २५ गतेबाट सुरु हुने भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/बैशाख २२, अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि आयोजना हुदै आएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको १० औँ सस्करण आगामि बैशाख २५ गतेबाट सुरु हुने भ"/>

2026-10-14 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१०औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता बैशाख २५ गतेदेखि सुरु हुने


कमल रावल/बैशाख २२, अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि आयोजना हुदै आएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको १० औँ सस्करण आगामि बैशाख २५ गतेबाट सुरु हुने भएको छ । 

मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको तोल्यान क्रिकेट मैदानमा बर्षेनि प्रतियोगिता हुदै आएको छ । यस वर्ष पनि ओलिगाउको प्रतियोगिता जिल्लाकै ठुुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । 

यस वर्ष उपाधि जित्ने टिमले नगद ३६ हजार, ६ सय ६६ रुपैया र प्रमाणपत्र हात पार्ने छ । यस अघि गत वर्ष ३५ हजार धनराशिको प्रतियोगिता भएको थियो । मंगला बिकास क्लबको ओलिगाउको आयोजनामा २०६२ सालबाट ९ हजार राशिबाट सुरु भएको प्रतियोगिता १० औँ सम्म पुग्दा ३६ हजार पुरयाईएको क्लबका अध्यक्ष गणेश बहादुर रावलले बताउनु भयो । अहिले प्रतियोगिता सफल पार्न सहभागि छिमेकी क्लबलाई पत्राचार तथा मैदान ब्यावस्थापनको काम भईरहेको उहाँले बताउनु भयो । 

यसपालिको प्रतियोगितामा पनि विगतका बर्ष झै जिल्लाका १६ भन्दा बढी टिमको सहभागिता रहने प्रतियोगिता प्रचार प्रसार सँयोजक कमल रावलले बताउनु भयो । रावलका अनुसार यस वर्ष प्रतियोगिता विगतका वर्ष भन्दा फरक रहने बताईएको छ । 

यसअघि अछाम भित्रै रहेका युवा खेलाडीको प्रतिभा मात्र देख्न पाईन्थ्यो भने यस वर्ष थुप्रै क्लबाट कैलाली र कञ्चनपुुरबाट क्षेत्रिय स्तर सम्म खेल खेलि सकेका खेलाडी सहभागि हुने बताईएको छ । 

यसपालिको प्रतियोगितामा यसअघि तिन तिन वटा प्रतियोगिता जितिसकेका आयोजक मँगला बिकास क्लब ओलिगाउ, टँक स्मृती क्लक जुपु तथा दिपक युवा क्लब कालिका र रिडिकोट युुवा क्लब रिडिकोट प्रमुख उपाधि दाबेदार रहन सक्ने क्रिकेट प्रेमिको बुझाई रहेको छ ।

यो ४ वटै टिमबाट कैलाली र कञ्चनपुर क्षेत्रका क्षेत्रिय स्तरका खेलाडी सहभागिता जनाउने छन । प्रतियोगिता सफल पार्नका लागि भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुञ्ज कमप्युटर सेन्टर मंगलसेन, पुष्प किराना पसल, सुरेश किराना पसल र जनज्योति बोडीग स्कुल ओलिगाउले सह प्रायोजकको भुमिका निर्वाह गरि रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश