कमल रावल | अछाम | मगलसेनमा सनिबार सम्पन्न चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउस मँगलसेनले हात पारेको छ । फाईनल खेलमा आयोजक ए स्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | अछाम | मगलसेनमा सनिबार सम्पन्न चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउस मँगलसेनले हात पारेको छ । फाईनल खेलमा आयोजक ए स्ट"/>
2026-10-14 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउसलाई

कमल रावल | अछाम | मगलसेनमा सनिबार सम्पन्न चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउस मँगलसेनले हात पारेको छ । फाईनल खेलमा आयोजक ए स्टार युवा क्लब मगलसेनलाई ३६ रनले पराजित गर्दै न्यु कर्णाली गेष्ट हाउस उपाधि जित्न सफल भएको हो । 

उपाधि जिते सगै न्यु कर्णाली गेष्ट हाउसले नगद ३५ हजार सहित, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको ए स्टार युवा क्लबले १० हजार सहित कप, मेडल र प्रमाणपत्रमा चित बुझाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको न्यु कर्णाली गेष्ट हाउसले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । जवाफमा लक्ष्य पछयाएको ए स्टार युवा क्लबले सबै विकेट गुमाएर १५ ओभरमा ७२ रन मात्र जोडन सकेको थियो । 

पहिले ब्याटिग गर्ने क्रममा ८ ओभरमा ४ विकेट गुमाउदा २९ रन मात्र रहेको अबस्थामा न्यु कर्णाली गेष्ट हाउसलाई उत्कृष्ट पुनरागमन गर्न अलराउडर शिवराज स्वार बलर विनोद खत्रिले सानदार प्रदर्शन गरेका थिए । केहि समय क्रिजमा साथ दिएका विनाद खत्रि आउट भईसके पछी नियमित विकेट गईरहदा ९ नम्बरमा व्याटिगमा आएका शमशेर कुवर र शिवराजको जोडीले टिमलाई वलियो स्थीमा पुरयाएको थियो । अन्तिम सम्म नटआउट रहेका शिवराज स्वारले सानदार ३ छक्काको मद्दतमा ३१ रनको पारि खेलेका थिए । समशेर कुवरले पनी ८ बलमा १६ रनको पारि खेलका थिए । जवाफमा ए स्टार युवा क्लब मँगलसेन सुरुवातमा राम्रो खेले पनी मध्य क्रमका ब्याटसम्यानले राम्रो खेल प्रदर्शन गर्न नसक्दा हार बेहोरोको हो । 

आयोजकका लागि नृप कुवरले १ छक्काको मद्दतमा १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक ब्याटिग गर्न सकेनन । जवाफमा १५ ओभरमा अल आउट हुदै ए स्टार ७२ रनमा सिमीत रहेको थियो । प्रतियोगितामा उत्कृष्ट बलर र व्याट्सम्यानको पुरुस्कार शिवराज स्वार, उत्कृष्ट फिल्डरको पुरुस्कार महेन्द्र विक र उत्कृष्ट विकेट किपरको पुरुस्कार भरत जोशिले हात पारेका थिए भने अनुशासित खेलाडीको पुरुस्कार नरेश चौधरीले हात पारेका थिए । बैशाख ३१ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश