2026-10-14 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

खेतका गरामा क्रिकेटको भबिष्य, आशालाग्दो प्रगति तर लगानी शुन्य

होम साउद | जेठ ९, अछाम | केही वर्ष अघि क्रिकेट के हो र कस्तो खेल हो यहाँका धेरै युवाहरुलाई जाँनकारी थिएन । तर तिन चार वर्षको अवधिमै अछामले क्रिकेट खेलमा आशालाग्दो प्रगति देखाईरहेको छ । ठुला प्रतियोगीताको उपाधिहरु उचाल्न नसके पनि खेलाडीहरुले जिल्लामा आशालाग्दो प्रगति गरिरहेका छन । 

सरकारी र निजी क्षेत्र कहिंवाट पनि क्रिकेटको विकासमा ध्याँन नपुगेतापनि युवा खेलाडीहरु खेतका गराहरुमा बालि भित्र्याईसकेपछिको खालि समय कुर्दै प्रतियोगिता आयोजना गर्छन । तिनै खेतका गराहरुमा अछामका युवा खेलाडीहरु ५० औं हजार धनराशीका जिल्ला स्तरीय प्रतियोगिताहरु आयोजना गरेर आफ्नो खेल प्रर्दशनी गरिरहेका छन । 

अछामी खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीतामा उत्कृष्ट खेल प्रर्दशन गर्ने गरेका छन । क्रिकेटमा युवाहरुको बढ्दो आर्कषण र आशालाग्दो प्रर्दशन हुदा हुदै पनि आवस्यक संरचना निर्माण र तालिम प्रशिक्षणका लागि कसैको ध्याँन जाँन सकेको छैन । 

जिल्लामा जिल्ला स्तरीय खेलमैदान भन्दै रिडिकोटको बडासैन र कालिकाको थालाकोट खेलमैदान निर्माणको चरणमा भएपनि काम हुन सकेको छैन । खेलाडीहरुका लागि आवस्यक संरचना निर्माणमा राज्य र सरोकारवालाको ध्याँन जाँन नसक्दा खेलाडीहरु निराश बन्ने गरेका छन । 

जिल्लामा क्रिकेट खेलाडीका लागि तालिम प्रशिक्षण त परको कुरा खेलाडिहरुको मनोभावना बुझ्ने कार्य समेत हुन नसक्दा प्रतिभावान खेलाडीहरु लुकेरै बस्नुपर्ने अवस्था रहेको क्रिकेट खेलाडीहरु बताउछन । अछामको क्रिकेट र खेलाडीहरुलाई खेतका गरामा खेलाएर माथि उठाउन नसकिने अवस्था रहेको अछाम क्रिकेट टिमका पूर्व कप्तान तथा प्रशिक्षक लोकेन्द्र खत्रिले बताए । उनले भने ‘टुर्नामेन्ट हुने बेलामात्रै खेलाडी खोज्ने भन्दा जिल्लामा क्रिकेटलाई सिस्टममा लिन र आवस्यक प्रशिक्षण तथा भौतिक संरचनामा लगानी गर्न जरुरी छ ।’ 

युवा खेलाडीहरुको क्रिकेट प्रतिको लगाव भने साँच्चिकै रहरलाग्दो छ । खेलाडीहरु बिभिन्न समस्याका बावजुत पनि क्रिकेट भन्ने बित्तिकै जिल्लाका जुनसुकै कुनामा र अन्य ठाँउमा पनि आफै हौसिएर जाँने गरेका छन । जहाँ सहभागि हुदा पनि अछामका खेलाडीहरुको प्रर्दशन उत्कृष्ठ रहने गरेको खेलाडी कमल रावलको भनाई छ । 

बिगतका दिनहरुमा खेलाडीहरुलाई ड्रेस लगाँउन समेत समस्या भएका उदाहरण छन । खेलाडीहरुलाई स्थानिय स्तरमा कहिले ब्यापारि त कहिले स्थानियसंग सहयोग मागेर खेल्न पठाँउनुपर्ने अवस्था रहेको अछाम क्रिकेट संघका अध्यक्ष बिष्णु स्वारको भनाई छ । स्वारका अनुसार जिल्लामा ३०÷३५ जना राम्रै खेलाडी रहेका र ६÷७ जना खेलाडी त राष्ट्रिय स्तरकै टुनामेन्टमै सहभागी भईसकेका छन । 

खेलेर जीविकोपार्जन गर्ने कुरा त परै जावस प्रतियोगिताहरु सञ्चालन गर्नका लागि पनि खेलाडीहरु आफैले प्रायोजक खोज्दै हिड्नुपर्ने अवस्था रहेकाले सोचेजस्तो प्रगती हुन नसकेको स्वारको भनाई छ । खेलाडीहरुको जागरुपताले मात्रै क्रिकेटका गतिविधीहरु भईरहेको भन्दै आर्थिक लगानी हुन नसक्नु र सरोकारवाला कसैको ध्याँन नजाँनु दुःखद भएको उनी बताउछन । 

बालि भित्र्याईसकेपछि खेतका गराहरु प्रयोग गरेर वर्षमा ३÷४ वटा प्रतियोगीता हुने अछाममा पनि १५ देखी २० वटा क्रिकेट टिमको सहभागिता रहन्छ भने हप्तौंसम्म प्रतियोगिता चल्ने गरेको छ । बैसाखको २५ देखी जेठ ६ गते सम्म मात्रै पनि अछाममा २ वटा जिल्ला स्तरिय प्रतियोगीता सञ्चालन भएका थिए । उचित खेलमैदान नहुंदा खेतका गराहरुमा प्रतियोगीता गर्नुपर्ने अछामी क्रिकेटरहरुको बाध्यता छ । 

माथिको तश्विरमा: ओलिगाँउ र मंगलसेनका खेतका गरामा जिल्ला स्तरीय खेलकुद प्रतियोगीता खेल्दै अछामका खेलाडीहरु | तश्विर: होम साउद

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश