2026-08-29 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा अहीलेसम्मकै ठुलो धनराशिको जिल्ला स्तरिय क्रिकेट हुँदै

कमल रावल | फागुन २२, अछाम | अछामको साँफेबगर नगरपालिकामा अहीले सम्मकै सबैभन्दा ठुलो धनराशिको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । साफेबगर नगरपालिकाको सहयोग तथा आयोजनामा प्रथम मेयर कप १ लाख धनराशिको क्रिकेट प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितमा प्रथम हुने टिमले नगद १ लाख सहीत कप, मेडल, प्रमाणपत्र हात पार्ने छ भने उपविजेता हुने टिमले नगद २५ हजार हात पार्नुका सथै प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने एक जना खेलाडीलाई म्यान अफ द सिरिज बापत ५ हजार पुरुस्कार प्रदान गरिने भएको छ । सहयोग र आयोजना साफेबगर नगरपालिकाले गरेपनी प्रतियोगिताको सबै ब्याबस्थापन सहायक आयोजनाको जिम्मा अछाम क्रिकेट सँघले गर्ने भएको छ । फागुन २६ गतेबाट साफेबगर नगरपालिका वडा नम्बर ७ रिडीकोटमा रहेको बडासैन खेलमैदान प्रतियोगिता हुन लागेको हो । साफेबगर नगरपालिकाका मेयर र स्थानिय युवाहरुका बिचमा भएको छलफलले अछामी युवाहरुलाई खेल क्षेत्रमा उत्सुकता जगाउनका लागि ठुलो धनराशिको प्रतियोगिता गर्न लागिएको साफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुवरले बताउनु भयो । 

यो बर्ष युवाका थुप्रै गतिवीधीका लागि ५ लाख रकम विनियोजित गरेको र जसमा युवा सञ्जालका गतीवीधी, राष्टपती रनीग शिल्ड र बाकी करिब डेढ लाख रुपैया मेयर कपका लागि विनियोजित गरेको उहाँले बताउनु भयो । पहीलो बर्ष भएकाले प्रतियोगिता सफल हुदै गएमा आगामि बर्षहरुमा धनराशि बढाउदै जाने उहाँको भनाई छ । युवाहरुको अभियानलाई सफल पार्न र त्रिकेटको बिकासलागी नगरपालीकाल गरेको सहयोगलाई सफल पार्न आफुहरु तत्पर रहेको प्रतियोगिताका ब्याबस्थापक तथा युवा अनिल कुवरले बताउनु भयो । 

प्रतियोगिता भब्य रुपमा सफल पार्नका लागि आवश्यक तयारि अगाडी बढीरहेको उहाँले बताउनु भयो । विगतका बर्षहरुमा अछामका युवा खेलाडीले क्रिकेट खेलमा स्थान नपाएको गुनासो बढ्दै गएकाले यो प्रतियोगिताका जिल्ला बाहीरका ३ जन खेलाडीलाई मात्र एक टिमले अनुबन्ध गर्न पाईने नियम बनाईएको बताउनु भयो । प्रतियोगितामा खेल्न आउने टिमको ब्यानर, पोशाक र खेलाडीको परिचय खुल्ने कार्ड अनिवार्य गरिएको कुवरले जानकारी दिनु भयो । ३ जना १ टिमले अनुबन्ध गर्न पाउने भएपछी  राष्टिय खेलाडीको समेत रिडीकोटको मैदानमा आगमन हुने उहाँको भनाई रहेको छ । प्रतियोगितामा सहभागितामा लागि ८ हजार टिम दर्ता शुल्क तोकिएको छ । जिल्लामा पछिल्लो समय क्रिकेट खेलप्रति अकर्षण बढीरहेको पाईएको छ । जिल्लामा हरेक बर्ष साँफेबगर, ओलिगाउँ, मंगलसेन, कालिका लगायतका स्थानमा आकर्षक पुरस्कार राशिका क्रिकेट प्रतियोगिता हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह