2026-08-29 01:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साफेमा जारी मेयर कपमा सेमिफाईनल पुग्ने टिमको आज टुंगो लाग्दै

कमल रावल | फागुन ३०, अछाम | अछामको बडसैन क्रिकेट मैदानमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा ४ टिम २ जित निकाल्दै शिर्ष स्थानमा प्रबेश गरेका छन् । चौथो दिनको खेलमा समुह क र ख बाट ४ टिम शिर्ष स्थानमा पुगेका हुन । 

मंगलबार भएको समुह ‘क’ को खेलबाट सिवाईसि अतरिया २ जित निकाल्दै माथिल्लो चरण पुगेको हो । आयोजक साफेबगर नगरपालिकालाई ५ विकटले पराजित गर्दै सिवाईसि अतरियाले माथिल्लो स्थानमा आफनो स्थान बनाएको हो । त्यसपछी समुह ख बाट टंक स्मृति युवा क्लब जुपु टिकापुरले साफेबगर नगरपालिका ३ सिद्धेश्वरलाई ३ रनले पराजित गर्दै सुरक्षित भएको हो । 

टस जितेर पहीले ब्याटिग गरेको जुपुले निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । जवाफमा सिद्धेश्वरले १२ ओभरमा ६ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । समुह क बाट त्रिपुरा सुन्दरी क्लब श्रीकोटलाई ३० रनले पराजित गर्दै रिडीकोट युवा क्लब माथिल्लो स्थानमा पक्का भएको हो । यसअघि समुह ख बाट हिजो नै दोस्रो जित निकाल्दै मंगलसेन नगरपालिका माथिल्लो स्थानमा सुरक्षित भईसकेको थियो । प्रतियोगिताको पाचौँ दिन बुधबार पनी ५ खेल हुने भएका छन । 

पहीलो खेल साफेबगर नगरपालिका २ जाल्पादेवि र ४ मष्टामाण्डौँ दोस्रो खेलमा आयोजक साफेबगर नगरपालिका  र सान्नीकोट युवा क्लब श्रीकोट, तेस्रो खेलमा टँक स्मुती युवा क्लब टिकापुर जुपु र मंगलसेन नगरपालिका, चौथौ खेलमा आयोजक साफेबगर नगरपालिका र सान्नीकोट युवा क्लब श्रीकोटमा विजेताले वैजनाथ युवा क्लब कालिमाटी सँग र पाचौँ खेल साफेबगर नगरपालिका २ जाल्पादेवि र ४ मष्टामाण्डौँमा विजेताले सिद्धेश्वर सँग प्रतिस्पर्धा गर्ने प्रतियोगिताका मुख्य अम्पायर रबिन्द शाहले जानकारी दिनु भयो । प्रतियोगितामा सेमिफाईनल पुग्ने टिमको टुगो बुधबार मात्र लाग्ने भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह