Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अछाममा कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल | असार २६, अछाम | अछाम जिल्लामा कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामि बडदशै र दिपावलीको बिचमा अछाममा हुने अछाम प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई मध्येनजर गर्दै पहीलो पटक कलेज स्तरिय प्रतियोगिता गर्न लागिएको हो ।

टि-ट्वान्टी फरम्याट्मा सुरु हुने प्रतियोगिता आगामि असार २८ गतेबाट साफेबगर नगरपालीकाको वडा नम्बर ७ रिडीकोटमा रहेको बडसैन खेलमैदानमा प्रतियोगिता हुन लागेको हो । क्रिकेट्को बिकासका लागि अग्रसर नेपाललय ईन्ट्रनेशनलको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । देशभरमा क्रिकेटको लोकप्रियता बढेसँगै अछाममा समेत बिकासका लागि सहयोग गरेको नेपाललय ईन्ट्रनेशनलका कार्यकारी निर्देशक सुबास प्रधानले बताउनु भयो ।

अछाममा धेरै क्याम्पस नभएकाले माबि स्तरका विद्यालयका खेलाडीले समेत सहभागिता जनाउने पाउने अछाम संयोजक लोकेन्द्र खत्रिले बताउनु भयो । प्रतियोगितामा प्रथम टिमलाई उचित पुरुस्कार सहीत १४ जना खेलाडीलाई मेडल सहीत सिजन, ब्याट बल, रनरअप हुने टिमलाई समेत मेडल सहीत सिजन, ब्याट बल प्रदान गरिने बताईएको छ । साथै प्रतियोगितामा म्यान अफ द सिरिज, म्यान अफ द म्याच, उत्कृष्ट ब्याट्सम्यान, उत्कृट बलरलाई समेत सम्मानीत गरिने खत्रिले बताउनु भयो । हाल सम्म अछाम जिल्लाका १२ टिमले सहभागिताका लागि सम्पर्क गरिसकेकाले अझै ट्मि बढ्दै जाने उहाँले बताउनु भयो ।