2026-08-29 10:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रिडिकोटमा यसबर्ष पनी १ लाख ५ हजार धनराशिको क्रिकेट प्रतियोगिता हुदै

कमल रावल | कात्तिक ११, अछाम | साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको बडासैन खेलमैदानमा यस बर्षपनी जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । २०७० सालबाट नियमित रुपमा हुदै आएको क्रिकेट प्रतियोगिता यो बर्ष कात्तिक १४ गतेबाट सुरु हुने भएको छ । 

दिपावलिको अवसरमा रिडिकोट क्रिकेट क्लबको आयोजनामा बडासैन खेलमैदानको सबैभन्दा ठुलो धनराशि १ लाख ५ हजार राशिको प्रतियोगिता हुने भएको छ । यसअघि साफेबगर नगरपालिकाको आयोजनामा सोही मैदानमा फागुन महिनामा १ लाख राशिको क्रिकेट प्रतियोगिता भएको थियो । प्रतियोगितालाई सफल पार्नका लागि आवश्यक मैदान ब्याबस्थापन, प्रचार प्रसार र टिम दर्ताको प्रबन्ध भईरहेको रिडिकोट क्रिकेट क्लबका पुरन कुमार नगार्जीले बताउनु भयो । विगतका जस्तो अन्य जिल्लाका खेलाडीले यसवर्षको प्रतियोगिता खेल्न नपाउने उहाँले बताउनु भयो । 

यस बर्ष जुनसुकै नगरपालिका, गाउपालिका र क्लकबाट खेल्ने खेलाडीले अछाम जिल्लामा बसोबास गर्दै आएको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा जन्मदर्ताको प्रतिलिपी पेश गर्नु पर्ने अनिवार्य नियम बनाईएको रिडिकोट क्रिकेट क्लबका कप्तान शिवराज स्वारले बताउनु भयो । बडासैनमा यसअघि भब्य रुपमा प्रतियोगिता सफल भएकाले सफल हुनेमा आफु आशाबादी रहेको उहाँले बताउनु भयो । यसअघि अछाम जिल्लामै सबैभन्दा ठुलो धनराशि १ लाख २१ हजार राशिको क्रिकेट प्रतियागिता गत बैशाखमा बान्नीगढी जयगढ गाउपालिकाले थालाकोटमा गरेको थियो भने ७७ हजार राशिको क्रिकेट प्रतियोगिता मंगला बिकास क्लब वलिगाउले वलिगाउमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो