2026-09-22 09:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीलाई कोलकाताले दियो १८६ रनको लक्ष्य

चैत १६, काठमाडौँ | आईपीएलको १० औं म्याच अन्तर्गत फिरोजशाह कोटला स्टेडियममा कोलकाता नाइटराइडर्सले दिल्ली क्यापिटल्सलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर १८५ रन बनाएको हो । जसको लागि कोलकाताका आन्द्रे रसेलले २८ बलमा ६२ रनको फराकिलो रन बनाउन सफल भए । त्यस्तै, कप्तान दिनेश कार्तिकले ३६ बलमा ५० रनको पारी खेले । दुवैले छैटौं विकेटको लागि ९५ रनको साझेदारी गरे ।

यस अघि कोलकाताको पहिलो झटका निखिल नाएकको रूपमा गुम्यो । उनलाई संदीप लमिछानेले सात रनको निजी स्कोरमा आउट गरे । हर्षल पटेलले कोलकाताको दोश्रो विकेट लिए । उनले रबिन उथप्पा (११ रन) लाई आउट गरे । कगिसो रबाडाले क्रिस लिनलाई (२० रन) को स्कोर जम्मा गर्दा आउट गरिदिए । हर्षलले नीतीश राणालाई एक रनमै आउट गरिदिए । शुभमन गिल पाँचौं विकेटको रुपमा पवेलियन फर्किए । उनलाई ४ रनमा हर्षल पटेलले आउट गरेका थिए ।

दिल्लीले आजको खेलमा गर्यो चार परिवर्तन 

दिल्लीले आफ्नो टिममा आज चार परिवर्तन गर्यो । उसले हनुमा विहारी, हर्षल पटेल, क्रिस मोरिस र संदीप लमिछानेलाई आजको खेलमा अवसर दिएको थियो । त्यस्तै, कोलकाताले घाइते सुनील नरेनको स्थानमा निखिल नाइकलाई टीममा लिएको थियो । कोलकाताको टीमले शुरुवाती दुवै म्याच जितेर अंक तालिकामा सबैभन्दा माथिल्लो स्थानमा रहेको छ । त्यस्तै, दिल्लीको टीम एक जीत र एक हारको साथ तेश्रो स्थानमा छ ।

दिल्लीले पहिलो खेलमा मुम्बईलाई पराजित गरेको थियो । जबकि, दोश्रो खेलमा उसलाई चेन्नईले पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित