2026-09-22 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पौडेलको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा

चैत २०, काठमाडौँ । यही चैत २७ गतेदेखि मलेशियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एसिया छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिएको छ । चौध सदस्यीय नेपाली युवा टोलीमा कप्तान रोहितसहित चार खेलाडी भीम सार्की, पवन सर्राफ र सन्दीप जोरा छन् ।     

त्यस्तै रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी, सूर्य तामाङ रहेको छन् । वैकल्पिक खेलाडीमा लोकेश बम, शेर मल्ल, आकास चन्द र रविकुमार साह छन् । त्यस्तै व्यवस्थापकमा रमन सिवाकोटी, मुख्य प्रशिक्षकमा विनोदकुमार दास र फिजियोमा विक्रम न्यौपाने रहेको प्रशिक्षक दासले जानकारी दिए । प्रतियोगिता खेल्न नेपाल आगामी शनिबार मलेशिया प्रस्थान गर्ने तालिका रहेको छ ।     

नेपालले छनोटको पहिलो खेलमा यही चैत ३० गते संयुक्त अबर इमिरेट्स (युएइ)सँग खेल्नेछ । दोस्रो खेलमा आगामी वैशाख २ गते मलेशियासँग, वैशाख ३ गते ओमनसँग र वैशाख ५ गते कुवेतसँग खेल्नेछ । प्रतियागितामा शीर्ष स्थानमा रहने टोली युवा विश्वकपमा छनोट हुनेछ । दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित