2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीको गाउँमै राष्ट्रपति रनिङ सिल्ड

नरी बडु | चैत्र २७, बैतडी । कुनै प्रतियोगिता गर्न खेलमैदन अभावका कारण गर्न नसकिने डिलाशैनी गाउँपालिकामा खेलमैदान बनेपछि प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरिएको छ । नव निर्मित गाउँपालिकाकै खेल मैदानमा सबै प्रकारका प्रतियोगिता खेल्न पाएपछि यहाँका स्थानीयमा पनि खुसियाली छाएको छ । ‘स्वस्थ, सबल र समृद्ध डिलासैनी हाम्रो पहिचान, स्वास्थ्यको लागी खेलकुद हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गाउँपालिकाले मंगलबारबाट प्रथम राष्टपती रनिङ सिल्ड प्रतियोगिता सुरु गरेको हो ।

गाउँमा खेलमैदान बनी प्रतियोगिता संचालन हुनाले आफुहरु खुसि भएको एक खेलाडी जानकी जोशीको भनाई छ । उनले भने “पहिला मैदान अभावले खेल्न धेरै गारो थियो अहिले जेहोस मैदान बनेर सजिलो भयो ।” “पालिकामात्रै होईन अब सबै वडामा खेलमैदन हुनुपर्छ तब मात्र युवाहरुले आफ्ने खेल कला प्रस्तुत गर्न सक्दछन् ।” त्यस्तै अर्का खेलाडी प्रदीप रानाले पनि गाउँमै आयोजना भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले आफुहरुमा उत्साह थपेको बताए । खेलाडी शान्ती जोशीले भनि प्रतियोगीलाले आफु उत्साहित भएको र विभिन्न समयमा यस्ता प्रतियोगिता गर्नुपर्ने बताए ।   

प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीको प्रमुख आथित्यतामा उद्घाटन गरिएको रनिङ सिल्डमा मंगलबार भलीबलका दुई खेल सम्पन्न भएका छन् । उद्घाटन सत्रमा बोल्दै सासंद भण्डारीले वर्तमान सरकारले एक पालिका एक खेलमैदानको धारणा अघि सारेको र पालिकाले खेलमैदान निर्माणका लागि ३० प्रतिशत बजेट विनियोजन गरे ७० प्रतिशत बजेट संघिय सरकारले व्यहोर्ने बताए ।

कार्यक्रममा बैतडी निर्वाचन क्षेत्र (क) बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका सांसद प्रेम प्रकास भट्टले पनि खेलकुदलाई प्राथमिकतामा राखि गाउँबाट राष्ट्रय तथा अन्र्तराष्ट्रिय प्रतियोगिता खेल्न सक्ने किसमका खेलाडी उत्पादन गर्नुपर्ने धारण राखे । नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालले पनि गाउँपालिकाको खेल र अन्य विकास निर्माणका सवालमा पार्टीले खेल्नुपर्ने सबै प्रकारका भुमिका खेल्ने प्रतिबद्धता जनाए ।

गाउँपालिका स्तरिय प्रतियोगितामा गाउपालिका भरिका दश ओटा माध्यमिक बिद्यालयहरुको सहभागीता रहेको छ । सिल्डमा भलिवल, कवडी, दौड, हाईजम्प, त्रिपलजम्प, सटफुट, ज्याब्लिङथ्रो, रिले दौडमा लगायतका प्रतिस्प्रधा गराईने छन् । प्रतियोगिताबाट छनौट गरि गाउँपालिकावाट जिल्लास्तरिय सिल्डको लागि पठाईने गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख हरेन्द्र प्रसाद जोशिले बताए । मंगलबार सम्पन्न भलिवलका दुई खेलमा सिकेई मावि धामीगाउँलाई दुर्गा मावि सिमारले पराजित गरेको छ भने मण्डेस्वर मावि धावाला लाई सरस्वती मावि ननराले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो