2026-10-14 04:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मँगलसैनलाई

कमल रावल । बैशाख १०, अछाम । कमलबजारमा सम्पन्न जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मँगलसेन क्रिकेट क्लबले हात पारेको छ । आज भएको फाईनल खेलमा मँगला बिकास क्लब वलिगाउलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेसगै मगलसेनले नगद ३० हजार सहित कप, मेडल र प्रमाण हात पारेको छ । उपविजेतामा बनेको वलिगाउले नगद १२ हजार सहित, कप, मेडल र प्रमाण पत्रमा चित बुझाएको छ ।

टस जितेर पहिले ब्याटिग गरेको वलिगाउले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर ६९ रन बनाएको थियो । जवाफमा मगलसेनले १० ओभरमा ७ विकेट गुमाएर ७० रन बनाउदै जित हासिल गरेको हो । फाईनल खेलमा ३३ रनको उत्कृष्ट ब्याटिंग गरेका मगलसेनका डम्मर बिष्ट म्यान अफ द म्याच घोषित भए भने फाईनलमा ह्याट्रिक सहित उत्कृष्ट बलिग गरेका वलिगाउका मदन विक उत्कृष्ट बलर घोषित भएका छन । नया बर्षको अवसरमा न्यु मनकामना ईगलिस बोडिग स्कुल कमलबजारको आयोजनमा बैशाख ७ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १४ टिमले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा पुरुस्कार वितरण गर्दै कमलबजार नगरपालिका प्रमुख ओमप्रकाश बिष्टले खेलको क्षेत्रको बिकासका लागि आफ्नो नगरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

समापन कार्यक्रमका अतिथी नगरउप्रमुख भुमिसरण बजगाई ढकाल, नेपाली काग्रेसका महासमिती सदस्य गणेश बहादुर बिष्ट, दुर्गा प्रसाद बजगाई, कमलबजार नगरपालिका खेलकुद समिती अध्यक्ष धिरज रावत, न्यु मनकामना ईगलिस बोडिग स्कुल कमलबजार ब्याबस्थापक आदित्य भण्डारी, ईलाका प्रहरी कार्यालय कमलबजारका ईञ्चार्ज विरसिंह भुल लगाएतका अतिथीले पुरुस्कार वितरण गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश