३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रभावकारी बन्दै ‘एक वडा, एक नमूना’ कार्यक्रम

३२ जेष्ठ २०८२, शनिबार ११:५५

काठमाडौँ  | काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘एक वडा, एक नमूना कार्यक्रम’ थप प्रभावकारी बन्दै गएको छ ।

यस कार्यक्रमअन्तर्गत यस वर्ष थपिएका वडा नम्बर ११, १९, २०, २३, २५, २८, २८ र ३१ गरी आठ वटा वडामा अहिले सीप विकास तालिम चलिरहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उपप्रमुख डङ्गोलका अनुसार वडा नम्बर ३, ४ र २२ अहिले स्तरोन्नति सीप विकास तालिम सञ्चालन भइरहेको छ ।

कामपामा रहेको ३२ वटा वडामध्ये गएको वर्ष १५ वटा वडामा ‘एक वडा, एक उद्यम कार्यक्रम’ थालिएका थिए । यस वर्ष आठ वटा थपिएपछि २३ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको छ र अन्य बाँकी वडामा पनि त्तकाल उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी कामपाको रहेको छ ।

यससँगै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत पनि तालिम चलिरहेका छन । वडा नम्बर १० मा कुकिङ, हस्तकला र अचार बनाउने तालिम सम्पन्न भएको छ । वडा नम्बर १४ मा अल्लोको झोला र मकैको खोस्टाबाट सामान बनाउने स्तरोन्नति तालिम सञ्चालनमा छ । “सामान उत्पादन गर्न जानेपछि बजारीकरणको सीप आवश्यक पर्छ । यसका लागि पहिले तपाईँहरू बजारका लागि पर्याप्त सामान उत्पादन गर्नसक्ने हुनुपर्छ । सामान गुणस्तरीय हुनुपर्छ । यसपछि हामी बजारीकरणमा सहयोग गर्ने पनि उपप्रमुख डङ्गोलले भन्नुभयो ।”

यस वर्ष थालिएका ११ वटा वडाहरू वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी (मिठाइका परिकार) उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, सचिका (धागो), सुर्के थैली र रिबनका फूल बनाउने, पपेट बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबीसेट र गाउन सिलाउने, यमरी, फ्रोजन मःम सहित खाद्यवस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने उद्यम सञ्चालन गरिने जनाइएको छ ।

यसरी प्रत्येक वडामा उत्पादन गरिएको सामग्रीको बजारीकरण गर्न वडास्तरीय कोसेलीघर स्थापना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ