2026-09-12 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल दुर्घटनामा कमेडी च्याम्पियन सिजन २ का प्रतियोगी हिक्मत महराको निधन

कैलाली । चर्चित कमेडी टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनको सिजन २ का प्रतियोगी हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन भएको छ। कैलालीको गोदावरीमा मंगलबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार, महराले चलाएको मोटरसाइकल २ प ९११७ गोदावरी मन्दिर नजिक रोकिराखेको ट्रकमा ठोक्किएको थियो। गम्भीर घाइते भएको अवस्थामा उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भएको हो।

‘कमेडी च्याम्पियन २’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १८० जनामा छनोट भएका थिए। त्यसपछि उनी टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका थिए। उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए। हिक्मतले कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका थिए।

गोदावरी पीङका सञ्चालन समेत रहेका उनी पछिल्लो समय कैलालीको गोदावरीमै अस्थायी रुपमा बसोबास गर्दै आएका थिए।

कैलालीमा थप दुई दुर्घटना, दुईको मृत्यु
कैलालीमा मंगलबार नै थप दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका-८ र धनगढी उपमहानगरपालिका-१८ मा भएका दुर्घटना दुई जनाको मृत्यु भएको हो ।

हुलाकी सडक खण्ड अन्तरगत टिकापुर नगरपालिका-८ फाँटामा सुपप्र ०१-००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार २२ वर्षीय विनोद चौधरीको मृत्यु भएको छ ।

गम्भीर अवस्थाका चौधरीलाई टीकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

चालक टीकापुर-१ का २१ वर्षीय रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । धनगढी उपमहानगरपालिका-१८ डिपो बजारमा डल्लबसँग मोटरसाइकल ठोक्किँदा कैलारी गाउँपालिका-३ हसुलिया बस्ने ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार उनले चलाएको सु.प.प्र.०१००११ प ७०७१ नंम्बरको मोटरसाइकल पछाडिबाट डल्लबसँग ठोकिएको थियो । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस