काठमाडौँ | शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएकी हुन् । विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार आन्दोलन जारी राखेपछि मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएकी छन् ।
उनले शिक्षकलाई वार्तामा बोलाएपनि शिक्षकहरू उनीसँग वार्ता गर्न गएका थिएनन् । तर स्रोतका अनुसार उनले मन्त्रालयका अधिकारीसँग आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएकी छन् । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकबाट उनको राजीनामा स्वीकृत हुनेछ ।