2026-09-18 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रासस फोटो किताबः गणतन्त्रका पक्षमा महत्वपूर्ण दस्तावेज’

काठमाडौँ | सभामुख देवराज घिमिरेले गणतन्त्र स्थापना भएपछि केही पनि भएन भन्नेहरूका लागि ‘रासस फोटो किताब’ गतिलो जवाफ भएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताब ः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै सभामुख घिमिरेले गणतन्त्र स्थापनापछि उल्लेखनीय कामहरु भए पनि प्रचारप्रसारतर्फ ध्यान दिननसक्दा अहिले गणतन्त्र विरोधी पक्ष सल्बलाइरहेको अवस्थामा प्रकाशित पुस्तक अत्यन्त सान्दर्भिक एवं उपयोगी भएको बताउनुभयो ।

गणतन्त्र दिवसका उपलक्ष्यमा यसअघि राससमा आयोजित तस्बिर प्रदर्शनीमा आफू सहभागी भएको स्मरण गर्दै सभामुख घिमिरेले भन्नुभयो, “विद्यमान अवस्थामा गणतन्त्रका पक्षमा प्रकाशित रासस तस्बिर पुस्तक अत्यन्त उपयोगी छ, यसको स्वदेश तथा विदेशमा समेत व्यापकरुपमा प्रचारप्रसार गरिनुपर्दछ । सदैव सत्यतथ्य एवं आधिकारिक समाचार सामग्री सम्प्रेषणमा जुटिरहेको रासस यस किसिमको रचनात्मक काम गर्न सफल भएकामा धन्यवादसहित सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका उपलक्ष्यमा मुलुकको ‘कला–संस्कृति’ र ‘विकास तथा पूर्वाधार’ शीर्षकमा दुई वर्ष प्रदर्शित तस्बिरहरू समेटेर फोटो पुस्तक प्रकाशित गरेको जानकारी गराउनुभयो ।

गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिलाई तस्बिरमा प्रस्तुत गरिएको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले देशमा केही पनि भएको छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको विद्यमान अवस्थामा प्रकाशित पुस्तकले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमा नेपाली र अङ्ग्रेजी भाषामा समेत तस्बिरको चिनारी ‘क्याप्सन’ लेखिएको बताउँदै उहाँले भन्नुभयो, “स्रोतसाधनको अभावमा थोरै प्रति पुस्तक प्रकाशित गरिएको छ, स्वदेश तथा विदेशमा समेत यसको व्यापक प्रचारप्रसार हुनसके देशलाई फाइदै हुुन्छ । जताततैबाट पुस्तकको माग भइरहेको छ, तर हामीसँग सीमित प्रति छ । यस्तो अवस्थामा थप तस्बिर पुस्तक छाप्नुपर्ने देखिएकाले सहयोगका लागि अनुरोध गर्दछु ।’

उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश छन् ।

पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक एवं समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रधान सम्पादक उत्तम सिल्वाल, आलेख तथा लेखरचना प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो र प्रमुख लेखा अधिकृत रुद्रमणि अधिकारीको उपस्थिति थियो ।

यसअघि रासस तस्बिर पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति डा रामवरण यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका विशिष्ट पदाधिकारी एवं नेतागणलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई