2026-09-18 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक

काठमाडौँ | बालबालिकालाई कला, संस्कार, परम्परा चिन्न र चिनाउन संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक गरिएको छ ।

वैदिक अनुसन्धान गुठी र भाना फाउन्डेसनले प्रकाशन गरेको पुस्तकमा बालबालिकालाई आफ्नो पूजापद्धति, देवता, तीर्थ, नदी, चाडपर्व, जात्रा, परम्परा र सनातन मूल्यमान्यताका बारेमा जानकारी दिई नैतिक चेतना दिने संस्कार शिक्षाको मूल उद्देश्य रहेको पुस्तकका लेखक डा स्वामी केशवानन्द गिरीले बताउनुभयो ।

पुस्तकको पाठ एकमा कुमारीवन्दना, जानकीवन्दना, पृथ्वीवन्दना, बुद्धवन्दना, गोवन्दना, गण्डकीवन्दना, किरातेश्वरवन्दना, भैरववन्दना, प्रकृतिवन्दना, वैदिकस्तुति, हिमालयवन्दनालगायत विषयवस्तु राखी बालबालिकालाई आदरसम्मान भावको विकास गर्ने उद्देश्य राखिएको छ । यसैगरी पाठ दुईमा स्वच्छता, शास्त्रको मर्यादा, मित्रता, बुद्धको जीवनी, गाई, कालीगण्डकी, देवालयको प्रातःकालीन भ्रमण, नित्य विद्याभ्यास, बगैँचाको हेरचाह, शयननियम, षट्कर्मलगायत विषयसम्बनधी जानकारीमूलक सामग्री समावेश गरिएको छ ।

पुस्तकको पाठ तीनमा बालिकासम्मान, बोट वनस्पति, क्षमाशीलता, गाली आफैँतिर, गाईको सेवा, नदी स्नान, मुन्धुमका आचारपक्ष, सरसफाइ, सम्पदाको संरक्षण, आफ्नो धर्मको पालना, कर्मनिष्ठालगायत विषय राखिएका छन् । पाठ चारमा गुन्युचोली, तुलसीविवाह, संसार साझा घर, पञ्चशील, कामधेनु, नदीमा तोरण तार्ने, किराँत संस्कृतिमा शिवपार्वती, कुकुरपूजा, रक्षाबन्धन, असारको पन्ध्र, मकरसङ्क्रान्तिजस्ता उपयोगी एवं जानकारीमूलक सामग्री समावेश गरिएको छ ।

पाठ पाँचमा पौराणिक विषयसँग सम्बन्धित ११ वटा कथा राखिएका लेखकले जानकारी दिनुभयो । कुमारीको उत्पत्ति, जानकीको उत्पत्ति, पृथ्वीको जन्म, धैर्यधन, अनुमति, यक्षसंवाद, पाशुपतास्त्र, भैरवको शक्ति, बालागुरु षडानन्द, जुठो पानी, मिल्दा साथीजस्ता विषय राखिएको छ । आवरणसहित एक सय २४ पृष्ठको पुस्तकले बालबालिकालाई अनुशासनमा हिँड्नसमेत प्रेरणा दिने विश्वास गरिएको स्वामी केशावनन्दले बताउनुभयो ।

पुस्तक विमोचन कार्यक्रममा स्वामी केशवानन्दले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र कास्कीको पोखरा महानगरपालिकाले संस्कार शिक्षा भाग एकलाई पाठ्यक्रममा समावेश गरेको जानकारी दिनुभयो । संस्कार शिक्षाको तेस्रो भाग पनि अन्तिम चरणमा पुगेको सो अवसरमा उहाँले बताउनुभयो ।

कार्यक्रममा सत्सङ्ग परिवार जावलाखेलका अध्यक्ष दीपक रिमालले प्रत्येक घर र विद्यालयमा संस्कार शिक्षाका पुस्तक पु¥याएर पठनपाठनको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

भाना फाउन्डेसनकी अध्यक्ष श्रीमती नानीबाबा रिसालले संस्कृतमा जति ज्ञान अन्यत्र नभएकाले संस्कार शिक्षा प्रकाशनका लागि फाउन्डेसनले सहयोग गरेको बताउनुभयो । फाउन्डेसनका कार्यकारी अतुल्य रिसालले पिता भाष्कर रिसाल र आमा नानीबाबाको नाममा खोलिएको संस्थाले आध्यात्मिक जागरणमा काम गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा संस्कार शिक्षा पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई