2026-07-25 08:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राससलाई आवश्यक स्रोतसाधनसहित सुदृढ र प्रभावकारी बनाउनुपर्ने : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति(रासस)लाई आवश्यक स्रोतसाधन उपलब्ध गराएर अझ सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै उहाँले आधिकारिक एवं विश्वसनीय समाचार सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउने राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहेको राससलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

गणतनन्त्र स्थापनापछि भएका उपलब्धिलाई आमजनतामाझ पु¥याउने उद्देश्यले यसअघि दुईपटक राससमा प्रदर्शित तस्बिर समेटेर पुस्तकका रुपमा प्रकाशित गर्नु सराहनीय काम भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “यस किसिमका सिर्जनात्मक काम गरिरहनुपर्छ । सङ्घीय गणतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने जिम्मेवारी हाम्रै हो । गणतन्त्रको संरक्षण र सुदृढीकरणका पक्षमा एकजुट हुन सबैलाई अपिल गर्दछु ।”

प्रथम महिला राष्ट्रपति भण्डारीले उक्त पुस्तक अभिरुचीपूर्वक अवलोकन गर्दै अङ्ग्रेजी भाषामा चिनारी (क्याप्सन) सहित देशका अमूल्य संस्कृति–सम्पदा र भौतिक पूर्वाधारका क्षेत्रमा भएका प्रगतिलाई समेत समेटेर तयार गरिएको रासस तस्बिर पुस्तक स्वदेशी तथा विदेशी पाहुनालाई उपहारस्वरुप दिने मिल्ने गतिलो कोशेली भएको बताउनुभयो ।

त्यसअवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिसहित मुलुकको ‘कला–संस्कृति’ र ‘विकास तथा पूर्वाधार’ शीर्षकमा केन्द्रित भई यसअघि राससमा दुईपटक प्रदर्शित तस्बिरहरूलाई समेटेर पुस्तक प्रकाशित गरेको जानकारी गराउनुभयो ।

पुस्तकमा नेपाली र अङ्ग्रेजी भाषामा तस्बिरको चिनारी ‘क्याप्सन’ लेखिएको बताउँदै उहाँले भन्नुभयो, “पुस्तकमा समेटिएका तस्बिरहरू ऐतिहासिक महत्वका छन्, पुस्तक कला र संस्कृतिको जीवन्त दस्तावेज हो । स्वदेश तथा विदेशमासमेत यसको व्यापकरुपमा प्रचारप्रसार हुन आवश्यक छ । राज्यले यस पुस्तक मुद्रण गर्न सके मुलुकको सम्पदाको प्रचारप्रसारमा योगदान पुग्ने भएकाले थप प्रति प्रकाशनका लागि राज्यका जिम्मेवार पक्षलाई अनुरोध गर्नेक्रम जारी छ ।”

पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश गरिएको छ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधान सम्पादक उत्तम सिल्वाल, आलेख तथा लेख रचना प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो र प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने सहभागी हुनुहुन्थ्यो । कार्यकारी अध्यक्ष झा नेतृत्वको रासस टोलीले सो तस्बिर किताब आज पूर्व राष्ट्रपति भण्डारीको निवासमा हस्तान्तण गरेको हो ।

यसअघि रासस तस्बिर पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाली कांगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति डा रामवरण यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका विशिष्ट पदाधिकारी एवं नेतागणलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक