2026-11-01 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको बताइएको छ । कामपा युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना समूहसहितका साझेदारसँगको सहकार्यमा बिहीबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले उक्त धारणा राख्नुभएको हो ।

कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले शैक्षिक सुधारका लागि ‘पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन व्यवस्थापन तथा दिगोपना’मा कामपाले लगानी बढाएको जानकारी दिनुभयो । ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सृजनात्मक सिकाइ, कक्षा ९ र १० मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कामपा शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीले सृजनात्मक सिकाइका लागि २५ विधामा र शिक्षामा सीप कार्यक्रममा १० विषयका पाठ्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ । शैक्षिक नतिजा सुधारका लागि फेस्टिभल क्याम्प, विन्टर क्याम्प, प्रविधिको पहुँच वृद्धि, पठन संस्कार, उपचारात्मक कक्षालगायत सहयोगले एसइईमा ७८ प्रतिशत नतिजा आएको धारणा राख्नुभयो ।

प्राप्त उपलब्धिलाई दिगो बनाउने नीतिगत र संस्थागत प्रबन्ध बनाउँदै जानुपर्ने, शिक्षकलाई प्रोत्साहित गर्दै नेतृत्व विकास गराउँदै लैजानुपर्ने, अपनत्व बढाउनुपर्ने, विद्यालय र समुदाय तथा विद्यालय र अभिभावक सम्बन्धलाई शैक्षिक नतिजाको प्रमुख सूचक बनाउनुपर्ने सहभागीको धारणा थियो ।

युनिसेफका प्रतिनिधि जिम्मी ओस्ट्रुम, युरोपियन युनियन प्रतिनिधि अनुक भान नेक, बेलायत सहयोग कार्यक्रम सिवानी मिश्र, कारखाना समूहका प्रतिनिधि सचेत मानन्धरसहितका अधिकारीले स्थानीय सरकार समुदायको सबैभन्दा नजिकको सरकार हुनाले बालबालिकाको वृहत्तर विकासका लागि स्थानीय सरकारले सञ्चालन गर्ने शैक्षिक नवीनतम् कार्यक्रममा साझेदारी गर्न आपसी ज्ञान, सीप उपलब्ध गराउन तयार रहेको उल्लेख गर्नुभयो ।

नवप्रवर्तनमा आधारित कामपाले सञ्चालन गरेका शैक्षिक क्रियाकलापको प्रदर्शनी गरिएको थियो । यसमा कार्यक्रम र उपलब्धिसँग सम्बन्धित चित्र, सङ्केत, ग्राफ, पाइचार्ट, तथ्याङ्क समेटिएका सृजनात्मक सामग्री थिए । यसमा पहुँचयुक्त र समावेशी शैक्षिक कार्यक्रम, विद्यालयको पूर्वाधार परीक्षण, सूचना प्रविधि परीक्षण, रचनात्मक विद्यालय, एकीकृत अध्यापन, सिकाइ र मूल्याङ्कन, विशेष शिक्षालगायत क्षेत्र समेटिएका थिए । कामपाले अबको करिब दुई महिनापछि राष्ट्रिय–अन्तरराष्ट्रिय साझेदार, विज्ञ, सरोकारवाला र बहुक्षेत्रीय पक्षलाई सहभागी गराएर शैक्षिक सम्मेलन आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द