2026-07-25 09:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको टिप्पणी गरे

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको बताए । सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएको बारे शिक्षकको बुझाइ नै यस्तो रहेको टिप्पणी गरे ।

‘शिक्षा क्षेत्रमा हामीले प्रयत्न गरेका छौं । हिजो एकजना शिक्षकले बोल्दै गरेको मैले सुनेँ । मलाई गाली गरिरहनुभएको थियो किन गाली गर्नुभएको हो मैले बुझिनँ,’ उनले भने, ‘यसरी गाली गरिरहनुभएको थियो । उहाँसँग मेरो जिन्दगीमा भेट पनि भएको पनि छैन होला । भेट्या पनि उहाँले छैन होला । तर गाली बेसरी गरिरहनुभएको थियो किन गरेको हो थाहा भएन ।’उनी ती शिक्षकको भनाइप्रति प्रतिक्रिया दिंदै भने, ‘कसले सिकायो, कसले घोकायो, कसले पढायो । फेसबुक मात्रै हेर्नुहुन्छ कि क्या हो ?’

शिक्षकलाई ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु नै काफी लाग्ने गरेको प्रधानमन्त्री ओलीको टिप्पणी छ । ‘उहाँ भनिरहनुभएको थियो ४८ प्रतिशत विद्यार्थी एसईईमा पास हुनु भनेको काफी हो, धेरै हो । ५२ प्रतिशत फेल हुने कुरालाई उहाँले एकदम इजी लिनुभएको छ,’ उनले भने । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अगाडि थपे, ‘५२ प्रतिशत हम्रो योङ जेनेरेसनका होनहार प्रतिभाहरूको भविष्य एसईईमै १० कक्षामै चट बनाइदिएर, खत्तम पारेको उहाँले मज्जाको कुरा हो भन्नुहुन्छ ।’

आफूले शिक्षण नगरे पनि शिक्षकको उक्त टिप्पणीले दुःखी बनाएको प्रधानमन्त्रीलेब ताए । ‘एकजना शिक्षक साथीले बोलेको मैले सुनेँ । जब मेन्टालिटी र बुझाइ नै त्यो छ…,’ उनले भने, ‘५२ प्रतिशत फेल भएकोमा उहाँलाई … होइन हामीले यसमा ध्यान दिनुपर्छ भन्ने छैन ।’प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरू निकै प्रतिभाशाली रहेको पनि उपयुक्त काउन्सिलिङ र अवसर नपाइरहेको बताए । ‘नेपाली विद्यार्थीहरू यति ट्यालेन्ट छन् । उनीहरू दुर्गमबाट आएर पढेका छन् । सबै विषयमा मानिसको उत्तिकै प्रतिभा हुँदैन विषयगत हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक