2026-07-25 09:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्व नेपालको बहुआयामिक व्यक्तित्वको परिचर्चा

काठमाडौँ | पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको प्रगतिशील विचार, साहित्यिक सृजनशीलता र समाज परिवर्तनप्रति अटल समर्पण रहेको भन्दै प्रशंसा गरिएको छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा नेपालको निधनको छैटौँ दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँको जीवनीसम्बन्धी परिचर्चाका सहभागी वक्ताले नेपाली समाज र कम्युनिष्ट आन्दोलनमा नेता नेपालको निधनले अपूरणीय क्षति पुगेको भनी दुःख व्यक्त गर्नुभयो । कार्यक्रमका वक्ताहरूले नेपालको राजनीति, कम्युनिष्ट आन्दोलन, साहित्य, शिक्षा र सामाजिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको स्मरण गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेता नेपाल नेपालका वामपन्थी राजनीतिमा इमान्दार, अग्लो कद, स्पष्टवक्ता र दिइएको जुनसुकै जिम्मेवारीलाई पनि सहज तरिकाले पूरा गर्ने व्यक्तिका रूपमा रहनुभएको स्मरण गराउनुभयो ।

एमाले नेतृ विन्दा पाण्डेले स्व नेपालको जीवनी र कृतिहरूलाई डिजिटल माध्यम (ई–बुक र अडियो) मार्फत संरक्षण गरी युवा पुस्तासम्म पुर्‍याउन सुझाव दिनुभयो । पार्टीका नेता सूर्य थापाले स्व नेपालको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्नुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष रामेश्वर फुयाँलको अध्यक्षतामा भएको परिचर्चा कार्यक्रमा मुकुन्द न्यौपाने, राजेन्द्र गौतम, देवी ओझा, दीपक निरौलालगायत वक्ताले स्व नेपालको बहुआयामिक व्यक्तित्व, योगदान र प्रेरणादायी जीवनका विविध पक्षहरूका बारेमा चर्चा गर्नुभयो ।

प्रतिष्ठानले उहाँको समर्पण, दूरदर्शी नेतृत्व र अटल निष्ठाले संस्थाहरूलाई नयाँ उचाइमा पु¥याएको जनाउँदै स्व नेपालको स्मृति र विचारलाई जीवन्त राख्न थप कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ । स्व नेपाल पछिल्लो एक दशकदेखि प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक