३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुने

३० बैशाख २०८२, मंगलवार ११:१५

काठमाडौँ | हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा सफादेखि आंशिक बदली रहने छ । कोशीलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छः मन्त्री अधिकारी त्रिविमा अध्ययन बिदा रहेका १८७ शिक्षक/कर्मचारी बिदामै कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा बाढीपहिरोको समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण भारत र चीनले प्रत्यक्ष उडान पुनः सुरु गर्न ‘तीव्रता’ ल्याउने इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय रास्वपासँग मुलभुत विषयमा फरक छैन, रास्वपा आफ्नो ढंगले जान्छ: प्रचण्ड केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ साइबर अपराध मुद्दामा दुई युट्युबर फरार तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्छ: अध्यक्ष लम्साल ‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’ ‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’ इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा ‘रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना देखिन्छ’ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाए नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक ‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल