By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    17 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गणतन्त्रपछि खेलकुदमा उपलब्धि
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > गणतन्त्रपछि खेलकुदमा उपलब्धि
काठमाडौँ - KTMखेलकुदमुख्य समाचारसमाज

गणतन्त्रपछि खेलकुदमा उपलब्धि

साझासवाल
Last updated: May 28, 2025 2:15 pm
साझासवाल
15 Min Read
Share

काठमाडौँ । नेपालमा राजनीतिक संरचना परिवर्तन भई लोकतन्त्रको आगमनसँगै गणतन्त्रको बहाली भएपछि मुलुकका अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि विविध परिवर्तन भएका छन् ।

मुलुकमा बहुदलीय ब्यवस्थाको पुनःस्थापनापछि पहिलोपटक स्थापना गरिएको खेलकुद मन्त्रालयलाई लोकतान्त्रिक व्यवस्थामा पनि निरन्तरता दिई नेपालको खेलकुद क्षेत्रलाई समयोचित ढङ्गबाट अघि बढाउने प्रयास हुँदै आएको छ । नेपाली खेलकुद क्षेत्रमा विभिन्न खेलमा खेलाडीहरुको सहभागिता बढ्दै गइरहेको छ । मुलुकभित्र नयाँनयाँ खेल भित्रिने क्रम पनि जारी रहेको छ । तर सीमित साधन र स्रोतका कारण खेलकुदले जुन परिमाणमा प्राथमिकता पाउनु पर्दथ्यो त्यति पाउन सकेको छैन । तापनि यस अवधिमा नेपाली खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता जनाई विभिन्न उपलब्धि हासिल गरेका छन् ।

सबै प्रदेशमा खेलकुद मन्त्रालय

नेपालमा गणतन्त्र आएपछि खेलकुद इतिहासमा पहिलोपटक सातै प्रदेशमा खेलकुदको आधिकारिक निकायलाई विकेन्द्रीकरण गरिएको छ । प्रत्येक प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको स्थापना भई युवा तथा खेलकुद क्षेत्रको जिम्मेवारी हस्तान्तरण गरिएको हो । प्रदेशस्तरीय खेलकुद मन्त्रालयले खेलकुदसम्बन्धी प्रादेशिक नीति, कानुन तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन गर्ने गर्ने गरेको छ ।

यसैगरी खेलकुद तथा खेलकुद पूर्वाधारको विकास र प्रवद्र्र्धन गर्नुका साथै खेलकुद प्रशासन र सङ्घसंस्थाको समन्वय र नियमन गर्ने कार्य समेत गर्ने गरेको छ । मन्त्रालयद्वारा राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता आयोजनाका साथै प्रदेशमा युवा तथा खेलकुदसम्बन्धी अन्य गतिविधिहरु सञ्चालन भई आएका छन् ।

प्रदेश खेलकुद परिषद् स्थापना

विगतमा राष्ट्रिय खेलकुद परिषद् समग्र मुलुकको खेलकुद विकासका लागि जिम्मेवार निकायका रुपमा सञ्चालन भई आएकामा गणतन्त्रपछि सातै वटा प्रदेशमा पनि प्रदेश खेलकुद परिषद् स्थापना गरिएको छ । यी परिषद् खेलकुद क्षेत्रको समग्र विकासका लागि स्थापना गरिएको हो । परिषद्ले खेल संस्कृतिको विकास, खेलकुद पूर्वाधार निर्माण, खेलाडीको व्यावसायिक सुरक्षा, प्रदेश, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा हुने प्रतियोगितामा सहभागिताजस्ता क्षेत्रमा कार्य गर्दै आइरहेको छ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको परिषद्अन्र्तगत विभिन्न जिल्लाका जिल्ला खेलकुद विकास समितिहरू रहेका छन् । पालिकाहरुमा पनि पालिका खेलकुद विकास समिति गठन गरिएका छन भने वटामा समेत गठन गरिएको खेलकुद विकास समिति स्थानीयस्तरको खेलकुद विकासका लागि महत्वपूर्ण आधार बन्न सक्ने देखिएको छ ।

आर्थिक सम्मानको सुनिश्चितता

नेपालमा विगतदेखि नै अन्तरराष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सरकारले नगद पुरस्कार दिने परम्परा भए पनि निश्चित प्रतियोगिताका विजेता खेलाडीहरुलाई मात्र यसरी सम्मानित गरिने गरिन्थ्यो । दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुदजस्ता प्रतियोगितामा पदक पाउन सफल खेलाडीहरु मात्र यस्ता पुरस्कारबाट लाभान्वित हुने गरेका थिए । अब खेलाडीहरुको पुरस्कारका लागि छुट्टै नियमावलीको व्यवस्था गरिएको छ । अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा पदक जित्ने नेपाली खेलाडीहरुलाई सरकारद्वारा नगद पुरस्कार प्रदान गरी प्रोत्साहित गरिने व्यवस्था राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा गरिएको छ । यस्तो व्यवस्थापछि दक्षिण एशियाली खेलकुद, एशियाली खेलकुद, ओलम्पिकका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक बिजेता खेलाडीहरुले समेत सरकारबाट आर्थिक पुरस्कारद्वारा सम्मानित हुने सुनिश्चित गरिएको छ ।

खेलाडीको उपचारमा सहयोग

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा दुर्घटनामा परेका खेलाडी तथा प्रशिक्षकलाई आर्थिक सहायता दिनका लागि खेलाडी कल्याणकारी कोषको व्यवस्था गरिएको छ । कडा रोग लागेका खेलाडी तथा प्रशिक्षकले पनि उपचारका लागि आर्थिक सहयोग पाउने भएका छन् । मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनल इन्जुरी, हेड इन्जुरी, सिकलेस एनिमियाजस्ता कडा रोग लागेकालाई यो कोषबाट सहयोग गरिने भएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७

राजनीतिक परिवर्तनपछि अन्य निकायमा जस्तै खेलकुद क्षेत्रमा पनि पुराना ऐनलाई परिमार्जन तथा संशोधन गरेर समय अनुकूल बनाउने प्रयास गरिएको छ । यसैक्रममा ल्याइएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले खेलमा अनियमितता तथा मिलोमतो गर्न नहुने भनी स्पष्ट व्यवस्था गरेको छ । विगतमा फुटबल, क्रिकेटजस्ता खेलमा मिलोमतो भएको आरोपमा नेपाली खेलाडीले कारबाही समेत भोगिसकेका छन् । नयाँ ऐनले खेलाडीलाई प्रतिबन्धित औषधि सेवन गर्न गराउन नहुने व्यवस्था पनि गरेको छ ।

नेपालमा खेलकुद प्रतियोगिता सञ्चालन भइरहँदा बेलाबखत दर्शकदीर्घाबाट समेत अवरोध हुने गरेको छ । नयाँ खेलकुद ऐनमा खेलकुद प्रतियोगिता हेर्न उपस्थित दर्शकहरुले समेत पालना गर्नु पर्ने आचार संहिता बनाएर लागू गर्ने कुरा उल्लेख गरिएको छ । खेल र खेलाडीको वर्गीकरण गर्ने र खेलाडीहरुको सामाजिक सुरक्षाका लागि आवश्यक पहल गर्ने व्यवस्था पनि ऐनले गरेको छ । चार प्रदेशका खेल सङ्घ आपसमा मिलेर राष्ट्रिय खेल सङ्घ वा महासङ्घ गठन गर्न सकिने, नेपालका मौलिक तथा परम्परागत खेल तोक्ने कुरा पनि राष्ट्रिय खेलकुद विकास विकास ऐनमा उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधारको अवस्था

नेपालमा खेलकुद क्षेत्रको देशव्यापी रुपमै भौतिक सम्पत्तिहरु रहेका छन् । राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा रहेका कतिपय जमिन विगतदेखि नै अतिक्रमणमा समेत परेका छन् । मुलुकमा गणन्त्र आएपछि खेलकुदका विभिन्न पूर्वाधार बन्नुका साथै समयोचित मर्मतसम्भार र स्तरोन्नति गरिएको छ । खेलकुद पूर्वाधारका रुपमा रहेका रङ्गशालाहरुमा चितवनको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, पोखरा रङ्गशाला, नेपालगञ्ज रङ्गशाला, धनगढी रङ्गशाला, ललितपुरको च्यासल रङ्गशाला आदिमा आवश्यक निर्माण तथा मर्मतसम्भार कार्य गरी प्रतियोगिता सञ्चालनका लागि उपयुक्त बनाइएका छन् । कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट राख्ने कार्य जारी रहेको छ ।

खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश तथा स्थानीय सरकारको सक्रियता हँुदै गएको पाइएको छ । बागमती प्रदेश सरकारले हेटौँडामा गौरीटार रङ्गशाला निर्माण गरेको छ । त्यहाँ ट्याकसहितको फुटबल मैदान, मार्सलआर्टका कभडहल, प्यारापिटसहितको क्रिकेट पीच, पौडीपोखरी र खेलाडी आवास गृह बनाइएको छ ।

कर्णाली प्रदेश सरकारले सुर्खेतमा कर्णाली रङ्गशाला निर्माण गरेको छ । त्यहाँ ट्र्याकसहितको फुटबल मैदान, भलिबल कभर्डहल, क्रिकेट पीच र पौडीपोखरी बनेका छन् । दाङको बेलझुण्डीमा रहेको रङ्गशालामा सेन्थटिक्स ट्र्याक अन्य सुविधाको व्यवस्था गरिएको छ । विभिन्न जिल्लामा २२ वटा सेमिकभर्डहलहरु बनाइएका छन् ।

यसैगरी सिमरा रङ्गशाला, भैरहवा क्रिकेट रङ्गशाला र कोहलपुर क्रिकेट रङ्गशाला महत्वपूर्ण खेलकुद पूर्वाधार बनेका छन् । नेपालमा अन्तरराष्ट्रियस्तरको फुटबल रङ्गशालाको अभाव महसुस गरिएको छ । पचासौँ वर्ष पुरानो दशरथ रङ्गशालामा बेलाबखत फुटबलबाहेक अन्य गतिविधि पनि हुने गरेका छन् । दशरथ रङ्गशालाको स्तरको अवस्थालाई खोट लगाउँदै नेपालमा निश्चित गरिएको अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता समेत अन्यत्र सारिएको तितो यथार्थ बिर्सन सकिदैंन। नेपालमा फुटबल रङ्गशाला निर्माण गर्नका लागि अन्तरराष्ट्रिय फुटबल महासङ्घ फिफाले सहयोग गर्न तयार भए पनि जग्गा भने प्राप्त गर्न नसकिएको अवस्था छ ।

राष्ट्रिय गौरवका आयोजनामा खेलकुद

नेपालमा जलविद्युत्, सिँचाइ, यातायातलगायत विभिन्न महत्वपूर्ण विकास निर्माणका आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेजस्तै पहिलो पटक खेलकुदलाई पनि राष्ट्रिय गौरवको आयोजना भनी घोषणा गरिएको थियो । नेपाल सरकारले २०८१÷८२ को वार्षिक बजेटमा खेलकुदलाई पनि राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरेको थियो । काठमाडौँको गोकर्णस्थित मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो । तर स्रोत सुनिश्चित नभएपछि निर्माण कार्यमा भने ढिलाइ हुन गयो ।

नेपालमा २०३८ सालमा सुरु गरिएको राष्ट्रिय खेललाई गणतन्त्रमा पनि निरन्तरता दिइएको छ । २०६५ सालमा पाँचौँ, २०६८ सालमा छैटौँ, २०७३ सालमा सातौँ, २०७५ सालमा आठौँ र २०७९ सालमा नवाँै राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो । तर हालसम्म राष्ट्रिय खेलकुदको २१ औँ संस्करण सम्पन्न भैसक्नु पर्नेमा नवौँ प्रतियोगिता मात्र सम्पन्न हुनु उचित थिएन । २०८१ सालमा कर्णाली प्रदेशमा १० औँ राष्ट्रिय प्रतियोगिता आयोजनाकालागि तीन पटक मिति घोषणा गरिए पनि हालसम्म आयोजना गर्न सकिएको छैन ।

नेपालमा विभिन्न खेलका जारी प्रतियोगिताले नयाँ नयाँ प्रतिभाहरुको छनोटका लागि सघाउ पुगिरहेको छ । त्यसैगरी यु १४ विद्यालय खेलकुद, राष्ट्रपति रनिङशिल्ड, विश्वविद्यालय खेलकुदजस्ता खेलकुद प्रतियोगिता पनि खेलाडी उत्पादनका लागि उपयुक्त माध्यम बनिरहेका छन् ।

खेलकुद समावेशी बाटोमा

फरक क्षमताका खेलाडीहरुको पारा तथा खेलकुद प्रतियोगिता, राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रम, परम्परागत खेलकुद प्रतियोगिता, सबैका लागि खेलकुदः यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुका लागि खेलकुद, आदिवासी जनजाति खेलकुद कार्यक्रम आदिले नेपाली खेलकुद जगत्लाई समावेशी बाटोतर्फ अग्रसर बनाउँदै लगेको देखिएको छ ।

पहिलो ओलम्पिक पदक

सन् १९६४ देखि ओलम्पिकमा भाग लिँदै आएको नेपालले ६१ वर्षमा पहिलोपटक ओलम्पिकमा पदक जित्यो । नेपाली पारा ताइक्वाण्डो खेलाडी पलेशा गोवद्र्र्धनले फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिकमा ताइक्वाण्डोको ५७ केजी तौल समूहमा कास्य पदक जितेकी थिइन् । नेपालको खेलकुद इतिहासमा यो सबैभन्दा महत्वपूर्ण पदक मान्न सकिन्छ । उनले सन् २०२२ को हाङचाउ एसियाली पारा खेलकुदमा पनि नेपालका लागि पहिलो कास्य पदक जित्न सफल भएकी थिइन् ।

पच्चीस वर्षपछिको पदक

कराते खेलाडी एरिका गुरुङले हाङचाउ एसियाली खेलकुदमा नेपाललाई २५ वर्षपछि व्यक्तिगत प्रतिस्पर्धामा रजत पदक दिलाउन सफल भएकि थिइन् । यसअघि सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको एसियाली खेलकुदमा ताइक्वाण्डो खेलाडी सविता राजभण्डारीले नेपाललाई एसियाली खेलकुदमा पहिलो रजत पदक दिलाएकी थिइन् । टिम इभेण्टस्को पहिलो एसियाली रजत पदक भने नेपालले सन् २०१८ मा जितेको थियो । नेपाली पाराग्लाइडिङ पुरुष टिमले इण्डोनेसियामा क्रसकन्ट्री इभेण्टमा उक्त पदक हात पार्न सफल भएको थियो । पदक जिजेता टिममा विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा रहेका थिए ।

नेपालमा गणतन्त्र आएपछि विभिन्न खेलाडीले एसियाली खेलकुदमा कास्य पदक पनि जितेका थिए । सन् २०१० मा चीनको ग्वाङझाउमा बक्सिङतर्फको ८१ केजी तौल समूहको लाइट हेभिवेटमा दीपक महर्जन, सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा करातेतर्फ एकल कातामा बिमला तामाङले काँस्य पदक पाएका थिए ।

दक्षिण एसियाली पदक

सन् २०१० मा बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न ११ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले आठ स्वर्ण, नौ रजत र १९ कास्य पदक जितेको थियो । सन् २०१६ मा भारतको आसाममा भएको १२औँ एसियाली खेलकुदमा नेपालले तीन स्वर्ण, २३ रजत तथा ३५ काँस्य पदक पाएको थियो । सन् २०१९ मा नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक प्राप्त गरी पदक तालिकामा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

नेपालले अन्य विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पनि पदकहरु जितेको छ । विशेषगरी टिम खेलको तुलनामा व्यक्तिगत खेलतर्फ बढी मात्रामा पदक जितेको देखिएको छ । तर खोखो खेलको विश्वस्तरीय प्रतियोगितामा नेपालले पुरुष तथा महिला दुवै इभेण्टस्मा दोस्रो स्थान ल्याउन सफल हुनु सानो उपलब्धि होइन ।

क्रिकेटमा छलाङ

नेपालले एसियन क्रिकेट काउन्सिल (एसिसी) तथा अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का क्रिकेट लिगहरुमा आफ्नो सशक्त उपस्थिति देखाउँदै आइरहेको छ । नेपालले पुरुष क्रिकेटमा सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्न सफल भएको थियो । यसअघि नेपाल सन २०१४ को आइसिसी विश्वट्वाण्टीको लागि छनोट भएको थियो । वरिष्ठ खेलाडीहरुको विश्वकपमा नेपाली टोलीको यो पहिलो सहभागिता थियो । नेपालले सन् २०१८ को विश्व क्रिकेट लिग डिभिजन दुईमार्फत इतिहासमा पहिलो पटक ओडिआईमा पुग्न सफल भएको थियो । नेपाल सन् २०२३ मा एसिसी पुरुष प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेटसलाई हराएर एसिसी एसिया कपका छनोट हुन सफल भएको थियो । नेपाल सन् २०२४ को आइसिसी टि–ट्वाण्टी विश्वकपमा सफल छनोटसँगै एसिया कपमा सहभागी भएको थियो ।

नेपाली पुरुष क्रिकेट टिम अहिले विश्वको एक दिवसीय वरियतामा १७ औँ तथा टि–ट्वाण्टी वरियतामा १८ औँ स्थानमा रहेको छ । नेपाली महिला क्रिकेट टिमले विगत केही वर्षदेखि गर्दै आइरहेको प्रगति पनि उत्साहजनक मानिएको छ । पछिल्लो पटक नेपाली महिला टिम आइसिसी महिला टि ट्वाण्टी विश्वकपमा एशियाको छनोट पार गर्दै पहिलोपटक ग्लोबल छनोटमा पुग्नु महत्वपूर्ण उपलब्धि हो । नेपालले अन्तिम चरणको ग्लोबल छनोट खेल्न पाउनेछ ।

फुटबलमा सफलता

नेपालमा सबैभन्दा लोकप्रिय मानिएको फुटबलका अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको निरन्तर सहभागिता भइरहेको छ । गणतन्त्रपछि नेपालको पुरुष फुटबल टिमले सन् २०१५ मा साफ यु १९ च्याम्पियनसीप र सन् २०१६ मा बङ्गबन्धु कप र एएफसी सोलिडारिटी कप जितेको थियो ।

यसैगरी सन् २०१६ मै एसियाली खेलकुदमा फुटबलतर्फ प्राप्त स्वर्ण पदक अर्को महत्वपूर्ण सफलता थियो । सन् २०२१ को साफ च्याम्पियनसीपमा नेपाल दोस्रो भएको थियो । यस अवधिमा नेपाली महिला टिमको उपलब्धि पनि प्रशंसाजनक मान्न सकिन्छ । नेपाली महिला राष्ट्रिय फुटबल टिम धेरैपटक दोस्रो भएको छ । साफ च्याम्पियनसीपमा सन २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा नेपालले दोस्रो स्थान हासिल ग¥यो । सन् २०१० को दक्षिण एशियाली खेलकुदमा नेपाली महिला फुटबल टिम दोस्रो भएको थियो । सन् २०२४ मा वाफ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता तथा सन् २०२५ को अन्तरराष्ट्रिय महिला च्याम्पियनसीपमा पनि नेपाली महिला टिम दोस्रो भएको थियो ।

भलिबल राष्ट्रिय खेल घोषणा

नेपालको राष्ट्रिय खेल कुन हो भनेर लामो समयदेखि अन्यौल भइआएको थियो । कसैले डण्डिबियोलाई राष्ट्रिय खेल भन्ने गरेका थिए भने कोही कबड्डीलाई राष्ट्रिय खेल भन्दै खेल्ने गर्दथे । यस प्रकारको अन्यौल मुलुकमा गणतन्त्र आएपछि मेटिएको छ । नेपाल सरकारले गत २०७४ साल जेठमा भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । नेपालमा विगत कैयौँ वर्षदेखि खेलिदै आएको भलिबल खेल हिमाली क्षेत्रदेखि तराईका भूभागसम्मै खेलिने गरिएको छ । थोरै लगानीमा भलिबल राष्ट्रिय खेल घोषणा गरिएपछि यो खेलले मुलुकभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि उपलब्धि हासिल गर्दै गएको देखिएको छ । पुरुषका साथै महिला भलिबलमा समेत उल्लेखनीय प्रगति हुँदै गएको पाइन्छ ।

नेपालका फुटबल, भलिबल, कबड्डीलगायतका खेलाडी विदेशका टिमसँग आबद्ध भएर व्यावसायिक खेल खेल्न अवसर पाउनु मुलुककै गौरबको विषय बन्न पुगेको छ । मुलुकभित्रै अहिले विभिन्न खेलमा व्यावसायिक अभ्यास सुरु भएका छन । क्रिकेट, फुटबल, भलिबल, कबड्डीलगायतका खेलमा टिम सञ्चालनदेखि प्रतियोगिताको आयोजनासम्मको प्रक्रियामा नेपाली निजी क्षेत्र अगाडि आउनु नेपालको खेलकुद जगतका लागि शुभसङ्केत मान्न सकिन्छ । नेपालमा खेलेरै जीवन धान्न सकिने अवस्थाको व्यवस्था गर्नका लागि सम्बन्धित निकायले विशेष योजना नै ल्याउनु पर्ने जरुरी देखिएको छ ।

नेपालमा खेलकुदको विकासका लागि स्कूल तहदेखि नै निरन्तर प्रशिक्षण सुरु गरिनुपर्ने आवश्यक महसुस देखिएको छ । अर्को महत्वपूर्ण पाटो भनेको नेपालको सम्भावना भएका खेलको छनोट । नेपाली खेलाडीहरुले उचित प्रदर्शन गर्न सक्ने खेलहरुको दीर्घकालीन रुपमा नियमित तालिम दिन सकिएको खण्डमा भोलिका दिनमा ओलम्पिकमा समेत पदकको दाबी गर्न सकिने सम्भावना देखिन्छ । तर यसका लागि सरकारले खेलकुदलाई उच्च प्राथमिकताका साथै आवश्यक बजेट बिनियोजित गर्नु जरुरी देखिएको छ । (लेखक खेलकुद पत्रकार हुनुहुन्छ)
–––

Share This Article
Facebook Email Copy Link Print
Previous Article राष्ट्रियसभा : गृहमन्त्रीको राजीनामा माग
Next Article कास्कीमा एक घण्टाभित्र दुई पटक भूकम्पको धक्का

You Might Also Like

समाजसुनसरी - SNS

सुनसरीमा एक पुरुष मृत अवस्थामा फेला

57 years ago
समाज

अटो दुर्घटनामा एमाले नवलपुर जिल्ला कमिटी सदस्यको निधन, दुई घाइते

57 years ago
काठमाडौँ - KTMसमाज

अब गाउँ र सहर छुट्याइने

57 years ago
काठमाडौँ - KTMराजनीति

अपडेटः स्थानीय निर्वाचन मत परिणाम, कहाँ कुन पार्टीको अग्रता (सूचीसहित)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?