Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३१, सिरहा | सिरहाको लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामा छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा उक्त परिमाणको गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

त्यसपछि एम्बुलेन्स चालक लामालाई प्रहरीले पक्राउ गरेको हो ।