2026-09-15 02:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

प्रजातान्त्रिक आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको सराहना

काठमाडौँ | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका अतुलनीय रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको आयोजनामा सुरु भएको ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’को दोस्रो दिनको कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा प्रेस जगत्ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

प्रेस स्वतन्त्रता आजको आवश्यकता भएको बताउँदै उहाँले केही मिडियाको अव्यावसायिक प्रस्तुतिका कारण नियमन जरुरी रहेको बताउनुभयो । पछिल्ला समयमा सामाजिक सञ्जाल र सञ्चार माध्यामलाई एकै रुपमा बुझ्ने प्रवृतिसमेत बढिरहेको उल्लेख गर्दैै उहाँले सञ्चार माध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा आएका विषय फरक हुन् भन्ने कुरालाई बुझाउन जरुरी भएको विचार व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समयमा ज्वलन्त चुनौतीका रुपमा रहेको जलवायु परिवर्तनको असर लगायत विषयमा छलफल गरिने अन्तरराष्ट्रिय सम्मेलनबाट नीति निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखराको प्राकृतिक सौन्दर्य संरक्षणसँगै फेवातलसहित सबै तालको संरक्षणलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको जानकारी दिनुुभयो ।

अन्तरराष्ट्रिय पत्रकार महासङ्घका उपाध्यक्ष सविना इन्द्रजितले प्रेस स्वतन्त्रताको रक्षाका लागि आफूहरू सबै एकै ठाउँमा भएको बताउँदै प्रेस स्वतन्त्रता, जलवायु परिवर्तनलगायत विषयमा सम्मेलनमा छलफल हुने बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले देशको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गरेको बताउँदै सम्मेलनमा बदलिँदो विश्व परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौतीका साथै मिडिया क्षेत्रले भोग्नुपरेका समस्याबारे गहन छलफल हुने जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल प्रेस युनियनका उपाध्यक्ष ऋषिकान्त पौडेल, गण्डकी प्रदेश अध्यक्ष टङ्कराज अधिकारी, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले स्वतन्त्र प्रेसको महत्वबारे चर्चा गर्नुभएको थियो ।

सम्मेलनअन्तर्गत आज यहाँ ‘जलवायु सङ्कट र पत्रकारिता’ ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ एवं ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ