५ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

प्रजातान्त्रिक आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको सराहना

२८ बैशाख २०८२, आईतवार १४:५२

काठमाडौँ | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका अतुलनीय रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको आयोजनामा सुरु भएको ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’को दोस्रो दिनको कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा प्रेस जगत्ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

प्रेस स्वतन्त्रता आजको आवश्यकता भएको बताउँदै उहाँले केही मिडियाको अव्यावसायिक प्रस्तुतिका कारण नियमन जरुरी रहेको बताउनुभयो । पछिल्ला समयमा सामाजिक सञ्जाल र सञ्चार माध्यामलाई एकै रुपमा बुझ्ने प्रवृतिसमेत बढिरहेको उल्लेख गर्दैै उहाँले सञ्चार माध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा आएका विषय फरक हुन् भन्ने कुरालाई बुझाउन जरुरी भएको विचार व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समयमा ज्वलन्त चुनौतीका रुपमा रहेको जलवायु परिवर्तनको असर लगायत विषयमा छलफल गरिने अन्तरराष्ट्रिय सम्मेलनबाट नीति निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखराको प्राकृतिक सौन्दर्य संरक्षणसँगै फेवातलसहित सबै तालको संरक्षणलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको जानकारी दिनुुभयो ।

अन्तरराष्ट्रिय पत्रकार महासङ्घका उपाध्यक्ष सविना इन्द्रजितले प्रेस स्वतन्त्रताको रक्षाका लागि आफूहरू सबै एकै ठाउँमा भएको बताउँदै प्रेस स्वतन्त्रता, जलवायु परिवर्तनलगायत विषयमा सम्मेलनमा छलफल हुने बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले देशको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गरेको बताउँदै सम्मेलनमा बदलिँदो विश्व परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौतीका साथै मिडिया क्षेत्रले भोग्नुपरेका समस्याबारे गहन छलफल हुने जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल प्रेस युनियनका उपाध्यक्ष ऋषिकान्त पौडेल, गण्डकी प्रदेश अध्यक्ष टङ्कराज अधिकारी, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले स्वतन्त्र प्रेसको महत्वबारे चर्चा गर्नुभएको थियो ।

सम्मेलनअन्तर्गत आज यहाँ ‘जलवायु सङ्कट र पत्रकारिता’ ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ एवं ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश ११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु अफताब आलमलाई सफाइ दिने न्यायाधीश सर्वोच्च तानिए उत्तर कोरियाद्वारा इरानमाथि इजरायली आक्रमणको निन्दा सांसद मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत उजुरी, दर्ता प्रक्रिया बाँकी दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन अस्ट्रेलियाको जनसङ्ख्या वृद्धि ३ वर्षकै न्यून सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य अदालतले माग्यो नेपाल खबरलाई समाचार नहटाउनुको कारण आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह कारोबार रकम वृद्धि हुँदा, दोहोरो अंकले घट्यो नेप्से परिसूचक आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार संयोजकलाई पुनः पुरानै जिम्मेवारी भारतको गुजरातमा दुर्घटनाग्रस्त ‘एयर इन्डिया विमान’ दुर्घटनाको कारण प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षा र उद्धारप्रति सरकारको ध्यानार्कषण धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य