2026-11-02 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

सकियो न्यायिक सम्मेलन, आठ बुँदे घोषणापत्र जारी

काठमाडौँ | गण्डकी प्रदेशभित्रका स्थानीय तहका न्यायिक समितिहरूको दोस्रो न्यायिक सम्मेलन आज सकिएको छ । दुई दिनसम्म बागलुङ बजारमा आयोजित सम्मेलनले आठ बुँदे बागलुङ घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा न्याय सम्पादनमा एकरूपता ल्याउनेदेखि न्यायिक समितिको संस्थागत विकासमा प्रतिबद्धता जनाइएको छ ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार न्यायिक समितिका कामलाई प्रकृयागत र विधिसम्मत सञ्चालन गर्नका लागि गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका न्यायिक इजलासलाई एकरूपताका साथ सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । गण्डकी प्रदेश सरकारसँगको समन्वयमा साझा कार्यविधि तयार गरी न्यायिक कार्यसम्पादनलाई एकरूपता दिने प्रतिबद्धता सम्मेलनले गरेको बागलुङ नगरपालिकाका उपप्रमुख एवं न्यायकि समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो ।

दलित, आदिवासी, अल्पसङ्ख्यक, विपन्नलगायत समुदायलाई आर्थिक विकास, उत्पादन र रोजगारीमा जोड्दै सामाजिक न्याय प्रदान गर्ने प्रतिबद्धता गरिएको छ । न्यायिक समितिहरूले हालसम्म गरेका काम र गतिविधि समेटेर न्यायिक प्रोफाइल प्रकाशन गर्ने, न्यायिक समितिको संस्थागत विकास, अन्तर स्थानीय तह अनुभव आदानप्रदान, असल अभ्यासको अनुशरण, आपसी सहयोग र सहकार्यमा जोड दिइएको उपप्रमुख खड्काले बताउनुभयो ।

स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग गर्दा प्रचलित ऐन, कानुनले आत्मसाथ गरेको मेलमिलापको पद्धतिलाई थप व्यवस्थित र प्रभावकारी बनाई मेलमिलापको माध्यमबाट समाजमा शान्ति कायम गर्ने कार्यमा न्यायिक समितिहरू सधँै तत्पर रहने घोषणापत्रमा उल्लेख गरिएको छ । बागलुङ नगरपालिकाको आयेजनामा भएको उक्त सम्मेलनले हरेक छ महिनाको अन्तरालमा न्यायिक सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । आगामी सम्मेलन मुस्ताङको लोमान्थाङ गाउँपालिकामा हुनेछ ।

सम्मेलनले बाँकी रहेको स्थानीय तहमा न्यायिक सहजकर्ता नियुक्तीका लागि प्रदेश सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । सम्मेलनबाट बागलुङ नगरपालिकाका उपप्रमुख खड्काको नेतृत्वमा ११ सदस्यीय न्यायिक समिति मञ्च गठन गरिएको छ । गण्डकी प्रदेशस्तरीय उक्त मञ्चको सदस्यमा प्रदेशका ११ वटै जिल्लाको प्रतिनिधित्व रहेको छ । सल्लाहकारमा न्यायिक मञ्चका संस्थापक संयोजक गोरखा नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मसलीमाया थोकर चयन हुनुभएको छ ।

न्यायिक समितिको क्षमता विकाससँगै कामकारबाहीको प्रभावकारिता अभिवृद्धि गर्न, न्याय सम्पादनमा एकरूपता ल्याउन, कानुनी संरचनालाई थप व्यवस्थित बनाउने आदि उद्देश्यले न्यायिक सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा संविधानविद् काशीराज दाहाल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा र गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले विषगत प्रस्तुतीसहित सहजीकरण गर्नुभएको थियो ।

सम्मेलनमा सहभागीहरूलाई बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट र शालिग्राम सङ्ग्रहालयको स्थलगत भ्रमण पनि गराइएको थियो । सम्मेलनस्थलमा स्थानीय संस्कृति झल्काउने नाचगीत प्रदर्शन गरिएको थियो । सम्मेलनमा प्रदेशका ८५ वटै स्थानीय तहका न्यायिक समितिका संयोजक र सदस्यहरूको सहभागिता रहेको थियो । यसअघि पहिलो न्यायिक सम्मेल गत वर्ष असोजमा गोरखाको गोरखा नगरपालिकामा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द