2026-09-11 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’

काठमाडौँ | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् जोखिम न्यूनीकरणमा सहज पहुँच हुने खालको प्रविधिको विकास आवश्यक हुने बताउनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा युनएनडिपी र युएनडिआरआरको सहयोगमा सबैका लागि पूर्वसूचना विषयमा राष्ट्रिय कार्ययोजना, २०८२ तर्जुमाका सम्बन्धमा पोखरामा आयोजित प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले पूर्वसूचनामा काम गर्नसके जोखिमको न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

गण्डकी प्रदेश पर्यटन राजधानी भएको र विपद्को उच्च जोखिममा पनि रहेको उल्लेख गर्दै उहाँले स्थानीय नागरिकसँगै पर्यटक लक्षित विपद् पूर्वसूचना प्रणाली बनाउँदा जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

जलवायु परिवर्तनका कारण पनि प्रदेशले थप विपद्को सामना गर्नु परेको उहाँले बताउनुभयो । उहाँले प्रदेशमा जोखिम क्षेत्र पहिचान गरेर पूर्वसूचना र विपद्पछिको भूमिकामा पनि संवेदनशील हुन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले विपद् पूर्वसूचनाका आधारमा विपद्जन्य क्षति धेरै नै न्यूनीकरण गर्न सकिने बताउनुभयो । प्रभावकारी पूर्वसूचना प्रणालीको स्थापनासँगै यसबारे आम सर्वसाधारणलाई सचेतना अभिवृद्धि गरिनुु जरुरी भएको उहाँको भनाइ छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेशसभाका प्रमुख सचेतक विन्दु पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सुदीप अर्याललगायतले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

गोष्ठीमा गण्डकी तथा लुम्बिनी प्रदेशका सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस