५ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन

७ जेष्ठ २०८२, मंगलवार १७:००

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकतामा नराखेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विसं २०८४ को चुनावपछि ताजा जनादेशपछि मात्र सरकारमा जाने बताउनुभयो । उहाँले माओवादी केन्द्र अहिलेको व्यवस्थालाई बचाउन लाग्नेसमेत बताउनुभयो ।

नेता पुनले भन्नुभयो, “व्यवस्था हाम्रो रगत पसिना खर्च गरेर ल्याएका छौँ, त्यसैले अहिलेको व्यवस्थालाई परिस्कृत गरेर अझै बलियो बनाउनुपर्दछ ।” माओवादीले व्यवस्थाको रक्षाका लागिगरेको कार्यक्रमले वर्तमान सरकारलाई समेत सहयोग पुगेको उहाँले बताउनुभयो ।

नेता पुनले सरकार गठन/विघटनमा नलाग्ने समेत बताउनुभयो । “लोकतान्त्रिक व्यवस्थमा प्रमुख प्रतिपक्षी वेटिङ गभर्मेन्ट हो तर अहिले सरकार बनाउने र सरकारमा जाने हाम्रो प्राथमिकता र रुचि छैन । हामी अर्को निर्वाचनको तयारीका लागि जनताका बीचमा अभियानसहित गएका छौँ । अहिलेको सरकार सरकार ढलेपछि के गर्ने भन्ने उपाय छ । त्यो भनेको जनमतका हिसाबले समेत पहिलो दलको नेतृत्वमा सरकार बनाउनुपर्दछ,” उपमहासचिव पुनले भन्नुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारका बारेमा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो । उपमहासचिव पुनले भन्नुभयो, “संसद्को उपसमितिले विमानस्थलका बारेमा एउटा प्रतिवेदन दिएको छ । त्यो समितिको प्रतिवेदनका आधारमा विज्ञसहितको न्यायिक छानबिन समिति गठन गरेर दोषीउपर कारबाही गर्नुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिपक्षी अनुपस्थित नभएपछि प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगन स्काउटले युवापुस्तामा अनुशासन र सेवा विकास गर्नु सकारात्मक छ: उपराष्ट्रपति यादव आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश ११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु अफताब आलमलाई सफाइ दिने न्यायाधीश सर्वोच्च तानिए उत्तर कोरियाद्वारा इरानमाथि इजरायली आक्रमणको निन्दा सांसद मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत उजुरी, दर्ता प्रक्रिया बाँकी दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन अस्ट्रेलियाको जनसङ्ख्या वृद्धि ३ वर्षकै न्यून सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य अदालतले माग्यो नेपाल खबरलाई समाचार नहटाउनुको कारण आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह कारोबार रकम वृद्धि हुँदा, दोहोरो अंकले घट्यो नेप्से परिसूचक आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार संयोजकलाई पुनः पुरानै जिम्मेवारी भारतको गुजरातमा दुर्घटनाग्रस्त ‘एयर इन्डिया विमान’ दुर्घटनाको कारण प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षा र उद्धारप्रति सरकारको ध्यानार्कषण