५ जेष्ठ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा शुभारम्भ

१८ बैशाख २०८२, बिहीबार १४:१०

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलशौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवाको आज शुभारम्भ गर्नुभएको छ ।

लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा केन्द्रमा सो सेवा थालनी गरिएको हो । उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएको छ । यसअघि तीन उपकरणबाट परीक्षणसमेत सफल भएको जनाइएको छ । सो अवसरमा मन्त्री पौडेलले स्वास्थ्य बीमाको बक्यौता रकममध्ये २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुने जानकारी दिनुभएको छ ।

“स्वास्थ्य बीमाको कूल बक्यौता रकमको २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुन्छ”, मन्त्री पौडेलले भन्नुभयो “वैशाख महिनासम्मको यदाकदा बाहेक भुक्तानी भइसकेको छ, अब साउन महिनासम्मको भुक्तानी हुन्छ ।” मुटु उपचार सेवा विस्तार, क्यान्सर र मिर्गाैला प्रत्यारोपण कार्यलाई सात वटै प्रदेशमा पु¥याउने लक्ष्यसहित अघि बढिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसै आर्थिक वर्षभित्र ती काम पूर्णता पाउने गरी काम गर्न लागिएको छ ।”

जीपी श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा उपलव्ध भएसँगै मिर्गौलाका बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताउनु भएको छ । शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामील डायलासिसका लागि चितवन, पोखरा र काठमाडौँलगायतका लामो दुरी जानुपर्ने बाध्यता रहेको थियो ।

सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले भन्नुभयो, “पहिलो चरणमा एक सिफ्ट सञ्चालन गर्न लागेका छौँ । त्यसमा दैनिक पाँच जनालाई सेवा दिन सक्नेछाँै ।” डायलासिस सञ्चालनका लागि चार जना नर्सलाई तालिम दिइसकिएको छ ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ । अस्पतालमा तनहँुको शुक्लागण्डकी र भीमाद नगरपालिका, म्याग्दे र रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायतका सेवा दिइरहेको छ । अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक २५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । यसमध्ये ४०÷५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प मिश्रको बहस सकियाे ,आदेश आउन बाँकी गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता रवि र छविलाई सुनुवाइको जानकारी चाँडो पठाउनु :उच्च अदालत देउवा र माओवादीका उपमहासचिव शर्माबीच भेटवार्ता, समसामयिक विषयमा छलफल