2026-08-07 01:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्णः प्रधानमन्त्री ओली

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्वपूर्ण भएको बताउनुभएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारको बलमा नभई बुद्धबाट प्राप्त शान्तिको सन्देशले मात्र रोक्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारत–पाकिस्तान बीचको द्वन्द्व नेपालसहित अन्तरराष्ट्रिय जगतको अनुरोधपछि दुवै पक्ष संयमित भएका तथा त्यसको परिणामस्वरुप युद्ध रोकिनुका साथै क्षति हुनबाट जोगिएकामा खुसी व्यक्त गर्नुभयो । केही दिनअघि छिमेकी मुलुक भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले तर स्थिति त्योभन्दा बढी अघि बढ्न नपाएको र संयमताका लागि दुवै पक्षलाई धन्यवाद समेत दिनुभयो ।

“हामीले सुरुदेखि नै तनावको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्यौँ, उहाँहरुसँग पनि कुरा ग¥यौँ । उहाँहरुले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । विद्यमान विश्वपरिवेशमा बुद्धको शान्तिको सन्देश जतासुकै आवश्यक रहेको उहाँको भनाइ थियो ।

“बुद्धको सन्देशको महत्व व्यक्तिको मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि र हरेक ठाउँमा उत्तिकै छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । विश्वमा युद्ध होडबाजिका नाममा ठूलो सङ्ख्यामा हतियार निर्माण गर्ने र थुप्रो लगाउने काम भइरहेको उल्लेख गर्दै उहाँले यो विश्वको मानव अस्तित्वका लागि खतरनाक विषय भएको बताउनुभयो । यस खालका खतरनाक चिजबाट उन्मूक्तिका लागि फेरी पनि विश्व शान्ति र स्थिरताका पक्षमै हामी उभिनुपर्ने हुन्छ भन्नुभयो ।

बुद्धको जन्मथलोको विकासमा योगदान गर्नुहुने सबैलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँहरुप्रति आभार व्यक्त गर्नुभयो । लुम्बिनीको विकासका लागि गुरुयोजना निर्माण गरेर विशेष योगदान पु¥याउने प्रोफेसर केञ्जो टाङ्गेप्रति आभार व्यक्त गर्दै उहाँले गुरुयोजना पूरा गर्न अझै बाँकी रहेको र सरकारले गुरुयोजना सकेसम्म छिट्टै सम्पन्न गर्नेतर्फ ध्यान दिएको बताउनुभयो ।

शान्ति, मानवता र करूणा उपदेशलाई आत्मसात गर्दै बुद्धका सन्देश संसारभर फैलाउन आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धका उपदेश मैत्रीभाव र करूणाको प्रवृत्ति हरेक मानिसले आत्मसात गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले बुद्धको शिक्षाको मुख्य उद्देश्य शान्ति, मानवतावाद र करूणा रहेको उल्लेख गर्दै बुद्वका उपदेश र आदर्श हामीले आत्मसात गर्नुपर्ने बताउनुभयो । बुद्वका शिक्षा र उपदेश फैल्याउन बौद्ध विश्वविद्यालय स्थापना गरिएको बताउँदै उहाँले विश्वविद्यालयले खोज अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले बुद्धको शिक्षा त्रिपिटकको निर्माण र बुद्धको शिक्षाको सङ्ग्रह गर्न भिक्षु आनन्दको योगदानको स्मरण गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखेर सुरक्षित गरिएको उल्लेख गर्नुभयो । उहाँले भिक्षु आनन्दले तक्षशिलामा गएर त्रिपिटकलाई लिखित गर्नुभएको पहिलो दस्तावेज अहिले पनि भारतको पटना सङ्ग्रहालयमा रहेको बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रिप्रसाद पाण्डे लुम्बिनीमा बनेको ध्यानकेन्द्र हलको ‘साउण्ड सिस्टम’लाई व्यवस्थित गर्न सरकारले काम अघि बढाएको र आगामी बुद्धजयन्ती अगावै व्यवस्थित हुने जानकारी गराउनुभयो । लुम्बिनी गुरुयोजना पूरा गर्न तथा लुम्बिनीका साथै वृहत्तर लुम्बिनी क्षेत्रको विकास योजना लागू गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

लुम्बिनीप्रति स्थानीयको अपनत्व भाव वृद्धि गरेर अगाडि बढ्न भूमिका खेल्ने मन्त्री पाण्डेको भनाइ थियो । उहाँले गौतमबुद्ध विमानस्थलसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार तत्परताका साथ लागेको बताउनुभयो । उहाँले यसका लागि आगामी जेठ ७ गते यस विषयमा सरोकारवाला निकायसहितको बृहत छलफल आयोजना गरिएको र त्यस छलफलबाट प्राप्त रायसुझावका आधारमा आवश्यक निर्णय गर्ने पक्षमा सरकार रहेको स्प्ष्ट गर्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध दर्शनको महत्व दिन प्रतिदिन बढिरहेको उल्लेख गर्दै आजको दिनमा बुद्ध शिक्षालाई अझ व्यापक बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले लुम्बिनी विश्वको आस्थाको केन्द्र भए पनि यहाँ पर्यटक ल्याउनका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले हिंसा र द्वन्द्व अन्त्य गर्न तथा बुद्ध दर्शनको सन्देश विश्वव्यापी रुपमा फैल्याउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच ऐतिहासिक, पुरातात्विक र संस्कृतिक सम्बन्ध रहेको कुरा भगवान गौतमबुद्धको जन्मदेखि परिनिर्माण सम्मको इतिहासले स्पष्ट पारेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव