2026-07-11 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण

काठमाडौँ | मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण गरिएका छन् । मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट २८ किलोमिटर लामो यस सडकअन्तर्गत हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएका हुन् । पन्थ निर्माण सेवाले २०७८ साल माघमा फूलबारी खोला पुल रू तीन करोड ३२ लाख ६८ हजार ६३६ र घमिरखोला पुल रू तीन करोड १३ लाख ८४ हजार २३४ मा निर्माण सम्झौता गरेको थियो ।

त्यस्तै, सुनिल समिर निर्माण सेवाले ०७९ साल जेठामा हुलाके खोला पुल रू पाँच करोड ७९ लाख ५३ हजार ३३५ र धनार्जी खोला पुल सात करोड ४८ हजार ९९३ मा निर्माण सम्झौता गरेको थियो । चारैवटा पुलको कुल लागत रू १९ करोड २६ लाख ५५ हजार २०१ रहेको मदन भण्डारी राजमार्ग आयोजनाका सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिनुभयो । फूलबारी खोला पुल २०, घमिर खोला पुल १५, धनार्जे खोला पुल ३५ र हुलाके खोला पुल २५ मिटर लम्बाइका रहेका छन् ।

पुल निर्माण भएपछि इस्मा, धुर्कोट, मदाने, मालिकालगायतका नागरिकलाई राहत मिलेको छ । खासगरी वर्षायाममा पानीको बहाव बढी हुँदा यातायातमा निकै समस्या हुने गरेको थियो । विद्यार्थीहरूलाई विद्यालय जान, समयमै गन्तव्यमा पुग्न कठिन हुने गरेकामा अहिले सहज भएको छ । तम्घास–सिमलटारी सडकको चार स्थानमा पुल निर्माण नहुँदा गाडी फस्ने, पल्टिने, आवतजावत गर्न नसकेर वर्षौं नागरिकले सास्ती खेप्नु परेको थियो । समयमै पुल निर्माण नहुँदा नेता र नेतृत्वले निकै आलोचना पनि खेप्दै आएका थिए । अहिले चारवटा पक्की पुल एकैचोटि निर्माण भएका छन् । जसले गर्दा गुल्मी पश्चिमका पाँच स्थानीय तहसँगै प्यूठानका नागरिकलाई समेत सहज भएको छ । “पुल नबन्दा धेरै जोखिम थियो, नागरिकले धेरै सास्ती खेप्नुपरेको थियो”, इस्मा गाउँपालिका–२ स्थित पालुखा माविका शिक्षक बाबुराम पन्थीले भन्नुभयो, “अहिले धेरै सहज भएको छ ।”

अट्ठाइस किलोमिटरको तम्घास–सिमलटारी सडक कालोपत्र भएपछि इस्मा, मालिका, धुर्कोट र मदानेसहित प्यूठानका स्थानीयहरूलाई समेत यात्रामा लाग्ने समय घटेको छभने सडकले कैयौँ व्यावसायिक कामहरूको सुरूवात भएको छ । सडकको अहिलेको अवस्था मात्रै नभएर भोलिको भविष्य सम्झेर होटल तथा विभिन्न व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्गदल, फूलबारी र सिमलटारीलगायत स्थानमा होटल, ग्यारेज, फेन्सी, डेरी तथा व्यावसायिक तरकारी तथा पशुपालनको कामहरू भइरहेको इस्मा गाउँपालिका–६ का अगुवा कृषक कृष्ण घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट