१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे

२९ चैत्र २०८१, शुक्रबार १५:४७

काठमाडौँ | प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरेका छन्। शुक्रबार (आज) रुपन्देहीको बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘राजतन्त्रले तिरो लिने र त्यसको दुरुपयोग गरेर मोजमस्ती गर्ने बाहेक केही जानेको थिएन। त्यसैले हामीले सङ्घर्ष गर्नुपर्‍यो, बलिदान दिनुपर्‍यो, अनेक खाले दु:खहरू बेहोर्नुपर्‍यो। २५० वर्षको राजतन्त्रमा के भएको थियो, राजाहरूले बताइदिऊन्,’ उनले भने, ‘दुनियाँका अगाडि बडा थियौ, अरु के गर्‍यौ ?’

सामन्ती शासन गर्ने र जनतालाई पढ्न तथा काम सिक्न नदिने राजतन्त्रको प्रवृत्तिले देशले दु:ख पाएको उनले बताए। ‘दुनियाँ त त्यसबेलै विकसित भएको थियो त, अमेरिका, बेलायत, फ्रान्स, जर्मनहरू विकसित भएका थिए। अरु देश त विकसित भएका थिए। हिरोसिमा र नागासाकीजस्ता सहरहरू ध्वस्त भएर बचेको जापानले यसबीचमै विकास गर्‍यो। कोरिया १९६० सम्म हामीभन्दा पछाडि थियो। त्यसपछि विकास गर्दै गएर अहिले उसको र हाम्रो प्रतिव्यक्ति हेर्‍यो भने त्यो तुलना नै गर्न मिल्दैन। तर, हाम्रोमा राजतन्त्रले केही गर्न दिएन,’ उलने भने।

उनले कुशासन, अव्यवस्था र शासकीय कूटनीतिका कारणले नेपाल पछि परेको पनि बताए। ‘कपिलमुनि, बुद्ध, महर्षिहरूको थलो यति उर्वर जहाँ पनि झार उम्रिन्छ, के उम्रिन्छ, किटपतङ्ग उम्रन्छन्। जीवनमय थलो हो। प्राकृतिक रूपमा उर्वर जीवनमय थलो तर, पछाडि पर्‍यो। यस्तै कुशासन, अव्यवस्था थिए,’ उनले भने। फरक प्रसङ्गमा उनले एमाले सरकारमा आए विकास सुरु हुने र सरकारबाट हटे विकास रोकिने भइरहेको पनि बताए। अघिल्लो पटक आफूहरू सरकारमा हुँदा सुरु भएको विकासका योजनाहरू त्यसपछि रोकिएको भए पनि पुन: अहिले सुरु भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा