2026-11-02 01:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

गगनकुमार थापाले सरकारले अब मतिले काम गरोस् भन्दै चेतवनी दिए

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसकै साझेदारीमा बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचनालाई निरन्तरता दिइरहेका छन्। बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले सरकारले अब मतिले काम गरोस् भन्दै चेतवनी दिएका हुन्। उनले जुन उद्देश्यका साथ कांग्रेस-एमालेको गठबन्धन बनेर सरकार निर्माण भयो त्यसको गति सुस्त भएको बताए।

‘कांग्रेस र एमाले सरकार बनेको बेलामा एउटा ठूलो उद्देश्यले बनेको छ। यसपटकको गठबन्धन र सुशासनका लागि बनाइयो,’ उनले भने, ‘जुन अपेक्षाले यात्रा प्रारम्भ गरियो, जुन गतिमा हामी हिँड्नु पर्ने हो भएको छैन। जुन तत्काल हुनुपर्ने निर्णय हुँदैन। जुन नगरे पनि हुन्छ तत्कालै हुन्छ। यो सही भएको छैन।’उनले आफूले सरकार बदल्न नलागी सरकारको काम गर्ने शैली बदल्न चाहेको बताए। ‘हामी सरकार अदल बदल खेलमा लाग्नु हुँदैन। हाम्रो कारणले कहिल्यै पनि सरकार बदलिएको छैन। हामी इमान्दार छौँ,’ उनले भने, ‘हामी सरकारको काम गर्ने शैली बदल्न चाहेका छौँ। सरकारले मतिले काम गरोस्।’

उनले वर्तमान सरकारलाई सफल बनाउने आफ्नो चाहना रहेको पनि बताए। ‘संघको सरकारलाई सफल बनाउन चाहन्छौँ। सफल हुनका लागि हामीले बुझेको कुरा यत्ति हो- हुनुपर्ने अनुरुपको काम भइरहेको छैन। गम्भीर ढंगले पार्टीमा र बाहिर छलफल गर्नुपर्नेछ,’ उनले भने, ‘सरकारमा भएका साथीहरूको विषयमा पनि छलफल गर्नुपर्ने छ।’ त्यस्तै थापाले पछिल्लो ७० वर्षयता कांग्रेस नै यो देशको शक्ति र नायक भएको दाबी गरे। उनले नायक हुँदा हार्न र जोखिम उठाउन तयार हुनुपर्ने भन्दै अहिलेको व्यवस्थामाथि उठेको प्रश्नको जवाफ कांग्रेसले नै दिनुपर्ने बताए।

‘कांग्रेस राष्ट्रको शक्ति हो। मूल शक्ति हो। अभिभावक हो। समस्या आउँछ जुध्ने कांग्रेसको जिम्मेवारी हो,’ उनले भने, ‘६०-७० वर्षदेखि कांग्रेस नायक हो। नायक हार्न जोखिम उठाउन तयार हुनुपर्छ। के हुन्छ भनेर हिसाब किताब गरिराख्ने होइन। आज २०८२ वैशाख ३ गते छलफल गरिरहँदा ०८३ को वैशाख १ गतेलाई सम्झेर काम गर्नुपर्छ।’जनतामा अहिले किन आक्रोश र असन्तोष पैदा भएको छ भनेर कांग्रेसले नै बुझ्नुपर्ने थापाको भनाइ छ। ‘हामी जनताका बीचका शक्ति हौँ। तर असन्तुष्ट छ, आक्रोश छ। किन छ- हामीले बुझ्नुपर्छ। हामीलाई साथ दिनेले, प्रश्न गर्नेले हामीसँगै अपेक्षा गर्छन सम्बोधनका लागि,’ उनले भने, ‘यो व्यवस्था आइसकेपछि अवस्था बदलिन्छ भनिएको थियो त्यो भएन यो बदलिनुपर्छ। गति अघि बढाउनुपर्छ। संविधान आएको अब १० वर्ष हुन्छ। हामीले राम्रोसँग छलफल गरौँ। गणतन्त्र हाम्रो छनोट हो। यसका बारेमा कुनै छलफल र बहस आवश्यक छैन। अलमिलनु हुँदैन।’

उनले विगतमा भएका गठबन्धनले कांग्रेसले राम्रो सन्देश पाइसकेको पनि बताए। चुनाव अघि र पछिको गठबन्धन राम्रो हुन नसकेको भन्दै उनले एकै दलको बहुमत यही व्यवस्थामा ल्याउन सकिन्छ भन्ने गरी जनतालाई बुझाउन आवश्यक रहेको थापा बताउँछन्। ‘कसैसँग गठबन्धनको राम्रो अनुभव छैन। न चुनावअघिको न चुनावपछिको चल्यो’ उनले भने। उनले प्रदेश र संघीयता खर्चिलो भएको भन्नेलाई खर्च कम गर्ने उपायसहित यही व्यवस्था सही छ भन्ने बुझाउन कांग्रेसका नेता लाग्नुपर्ने पनि बताए। कांग्रेसलाई उत्तेजित जनतालाई थप उत्तेजित बनाउने छुट नभएको उनको भनाइ छ। शिक्षकहरूलाई तत्काल कक्षा कोठामा फर्काउने विषयमा सरकारले ध्यान दिन पनि उनले आग्रह गरे।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द