2026-07-03 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह

काठमाडौँ | मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयताका विरोधीहरुले सङ्घीयताविरुद्ध दुष्प्रचार गरिरहेको बताउनुभएको छ ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा महोत्तरीको बर्दिबासमा आयोजित ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ कार्यक्रममा मुख्यमन्त्री सिंहले सङ्घीयतालाई मन नपराउने केही व्यक्ति र सङ्घसंस्थाले सङ्घीयताको दुष्प्रचार गरिरहेको बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहमा सङ्घीयता आउनुपूर्व कुनै पनि विकासका ठोस पूर्वाधार नरहेको तथा सङ्घीयता आइसकेपछि विभिन्न प्रदेश र स्थानीय तह हुँदै देशभरि नै विकासका लहर आएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री सिंहले सङ्घीय सरकारद्वारा ठेक्का लगाइएका विभिन्न विकास योजना निर्माण व्यवसायीले अधुरै छाडेका कारण प्रदेश तथा स्थानीय तहद्वारा गरिएका विकासका कामको प्रभावकारिता नदेखिएको उल्लेख गर्दै उहाँले सङ्घीय सरकारलाई त्यस्ता निर्माण व्यवसायीलाई तत्काल आफ्नो काम पूरा गर्नका लागि कडाइका साथ निर्देशन दिन आग्रह गर्नुभयो ।

सङ्घीय सरकारद्वारा ठेक्का लगाइएका ठूला योजना समयमै पूरा गरिएमा जनताले विकासको अनुभूति गर्न पाउने तथा समग्रमा राष्ट्रले विकासमा फड्को मार्ने मुख्यमन्त्री सिंहको भनाइ थियो । यस कार्यक्रमबाट मधेस प्रदेश सरकारलाई आगामी दिनमा विकासका कदम चाल्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो