2026-09-11 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वर अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या

काठमाडौँ | जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पतालमा दुई महिनादेखि औषधि अभाव हुँदा उपचारमा समस्या हुँदै आएको छ । सरकारले ९८ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराए पनि दुई महिनादेखि सिटामोलसहित साधारण औषधि समेत नहुँदा उपचारमा समस्या हुँदै आएको हो ।

दुई महिनादेखि अत्यावश्यक सिटामोलसहित निःशुल्क उपलब्ध हुने सबै औषधि अभाव रहेकाले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई खाली हात पठाउनुपरेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास साहले बताउनुभयो । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् ।

अस्पतालमा दैनिक रू तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका जनाउँदै उहाँले अस्पतालबाट दिनुपर्ने निःशुल्क औषधि उपलब्ध गराउन नसक्दा बिरामीहरू निराश भएर फर्किनुका साथै उपचार प्रभावित बनेको उहाँले बताउनुभयो ।

डा साहका अनुसार यहाँ रहेका छ वटा बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक २५ देखि ३० का दरले, मेडिसिन कक्षमा ४० देखि ५० आकस्मिक कक्षमा दैनिक ४० जनासम्म बिरामीहरू आउने गरेका छन् । उहाँले आकस्मिक कक्षमा बिरामी बढी हुँदा शय्या अभावसमेत हुने गरेको बताउनुभयो । जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा दैनिक एक सय जनासम्म बिरामी आउने गरेका उहाँले जानकारी दिनुभयो ।

मधेस प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग औषधि अभावका बारेमा जानकारी गराइएको अस्पतालका मेसु डा साहले उल्लेख गर्नुभयो । अहिले आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट किनेर व्यवस्थापन गरिरहेको बताउँदै यसलाई निरन्तरता दिन स्रोत अभाव हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय अत्यधिक बढेको गर्मीका कारण रुघा, खोकी, ज्वरो, टाइफाइड, झाडापखाला, निमोनिया, जण्डिस र भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको प्रादेशिक अस्पतालको आकस्मिक कक्षले जनाएको छ ।

पहिला दैनिक तीन सयको हाराहारीमा बिरामी आउने गरेकामा पछिल्लो समय अत्यधिक बढेको गर्मीका कारण दैनिक चार सयको हाराहारीमा विभिन्न सङ्क्रमणका बिरामकी आउने गरेका मेसु डा साहले जानकारी दिनुभयो । चर्को घामका कारण जिल्लाबासीमा छालासम्बन्धी विभिन्न रोगको सङ्क्रमण समेत देखा पर्न थालेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस