२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

५ जेष्ठ २०८२, आईतवार १४:१५

काठमाडौँ | यहाँको लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि निःशुल्क ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविर’ सञ्चालन गरेको छ । शिविरबाट दुई सय ५५ जना लाभान्वित भएका छन् ।

नगरपालिकाले उत्तरी भेगको दुर्गम क्षेत्रमा पर्ने वडा नं १७ र २४ मा गत बुधबारदेखि सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ३० वर्षदेखि ५५ वर्ष उमेर समूहका महिलाको पाठेघरको परीक्षण गरिएको नगरको स्वास्थ्य शाखाका प्रमुख रीता यादवले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य परीक्षणको क्रममा दुवै वडाका पाँच जनामा ‘पोजेटिभ रिर्पोट’ आएको छ ।

शिविरमा जाँच गराउन आउनुभएका महिलामा क्यान्सरको पहिचान, अवस्थाको पूर्व जानकारी, उपचार विधिलगायत विषयमा सचेत गराउने र समस्या देखिएमा थप उपचारका लागि लहान नगरपालिकाले व्यवस्था गर्नेगरी शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखाका प्रमुख यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जोखिम काम, पौष्टिक आहारको कमी, समयमा उपचार गराउन नसक्दा क्यान्सरबाट पीडित भई मृत्युसमेत हुनसक्ने अवस्थाबाट बचाउन शिविर प्रभावकारी हुने अपेक्षा लिएका छौँ ।” यादवका अनुसार परीक्षणका क्रममा ‘पोजेटिभ रिर्पोट’ आएका पाँच जनाको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

महिलामा पाठेघरको मुखमा हुने क्यान्सरलाई सङ्घीय सरकारले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएकाले सोही अनुरुप शिविर सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत तेजकुमारी श्रेष्ठले बताउनुभयो । शिविरमा ‘भिआइए टेष्ट’ विधिबाट एक मिनेटमा परीक्षण नतिजा आउने भएकाले यो विधि प्रभावकारी बन्दै गएको उहाँले उल्लेख गर्नुभयो । उहाँले ‘पोजेटिभ रिर्पोट’ आएका महिलालाई निगरानीमा राखेर थप उपचारको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका, दलित समुदायका महिला पाठेघरको समस्याले पीडित रहेका भन्दै उपचार गराउन नसकिरहेको अवस्थामा यो शिविर प्रभावकारी भएको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले आगामी दिनमा क्रमशः लहानका २४ वटै वडामा यसकिसिमका शिविर आयोजना गरिने जानकारी दिनुभयो ।

नगरभित्रका दलित, विपन्न बस्तीका गर्भवती तथा सुत्केरीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रत्येक महिनाको २२ गते ‘पोषण योजना’ अन्तर्गत पोषणयुक्त खाद्यान्न वितरण कार्यलाई निरन्तरता दिइँदै आइएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन