2026-09-12 05:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सिराहा - SRH

पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा…

असार १२, सिरहा | सिरहाको लहानमा गोली लागेर एक युवक घाइते भएका छन् । आफ्नै साथीले चलाएको पेस्ताेलबाट निस्केकाे गोली पेटमा लाग्दा लाहान नपा-२२ बेलहीका करिब १८ वर्षीय दिलिप मुखिया घाइते भएका हुन् । 

मुखियाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरान पठाएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

उनीहरू स्थानीय नवीन चौधरीको घरको माथिल्लो तल्लामा बसेर मोबाइलमा पब्जी गोम खेलिरहेका थिए । यही बेला १९ वर्षीय सुरज मुखियासँग भएको पेस्तोल लिएर १५ वर्षीय शुशान्त चौधरीले ख्यालठट्टामा गोली  चलाउदा मुखियाको पेटमा लागेको प्रहरीले जनाएको छ। 

पब्जी खेलिरहेका उनीहरू पब्जीमा जस्तै गोली चलाउँदा कस्तो हुन्छ भन्दै गोली चलाउँदा मुखियाको पेटमा  लागेको बताइएको छ।  यता, प्रहरीले  दुई थान पेस्तोल र १२ थान गोलीसहित दुईनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी  कुमार मैनालीले बताए । 

प्रहरीले शुशान्त चैाधरीको घरछेउको बाँसघारीबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच थान, ७.६५ लेखिएको गोली चार थान बरामद गरेको छ । उनीहरू लागुऔषध सेवनकर्ता समेत रहेको खुलेकाे छ ।

उनीहरूले पेस्तोल र गोली कहाँबाट ल्याएको अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस