<p><b>साउन १३, सिरहा |</b> सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । <br></p><p>ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । </p><p>सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । </p>
Related News


