कहिले काहिँ लाग्छ जीवन कहाँ रोकिएको छ ? किन रोकिएको छ अनि जीवनको गतिमा के मिलिरहेको छैन ? हामी यस्तै सोँचाइमा डुब्ने गर्छौ । यद्यपी जीवनलाई सहि गति दिन हामीले आफ्नो सोँचमा पनि परिवर्तन ल्याउन जरुरी हुन्छ । नआत्तिनुस स–साना बानीहरू परिवर्तन गरेर जीवनलाई नयाँ दिशा दिन सकिन्छ । त्यसैले आउनुस जानौँ जीवन परिवर्तन पाँच उपाय, यी हुन् -

व्यक्तित्व विकास - हामीले आफ्नो जीवनमा धेरै गल्ती गरेका हुन्छौं । ती गल्तीलाई मनमा लिएर बस्ने होइन त्यसबाट पाठ सिकेर अगाडि बढ्नु उपयुक्त हुन्छ ।

आफूले चाहेको काम गर्ने - आफ्नो इच्छाअनुसारको काम गरियो भने त्यो कामबाट कहिल्यै दिक्क भईदैन । आफ्नो इच्छा के मा छ, के गर्दा ठिक हुन्छ, के मा आफ्नो दक्षता छ, त्यसैमा काम गर्नु राम्रो हुन्छ ।

सम्बन्ध बढाउनुस् - आफ्नो स्वभाव मिल्ने साथी भयो भने तपाईंलाई रमाइलो लाग्छ । स्वभावअनुसार कसैलाई धेरै साथी भएको मन पर्छ । कसैलाई कम तर साथी बनाउन कन्जुसाइँ भने नगर्नुस् ।

आत्मविश्वासी बन्नुस् - हर कुरामा आत्मविश्वास हुन जरुरी छ । आत्मविश्वास कम भयो भने जे काम गर्दा पनि निर्णय लिन सकिदैन |

इमानदारी बन्नुस् - झुक्काउने, छल्ने काम कहिल्यै नगर्नुस्, यसो गरियो भने तपाईंप्रति विश्वास गर्दैनन् । अरुले विश्सास गरेनन् भने जे काम गर्दा पनि अप्ठ्यारो पर्न जान्छ । इमानदारिता नै सफलताको कडी हो भन्ने कुरा कहिल्यै बिर्सनुहुँदैन ।

जीवन परिवर्तन गर्ने पाँच उपाय, यी हुन्