2026-06-18 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पशुमा भ्यागुते रोगको संक्रमण

2018-06-03



२० जेठ, बाँके(रासस) | डुडुवा गाउँपालिकामा पशु चौपायामा भ्यागुते रोग (घटरुवा) को महामारी फैलिएको छ । 
रोगको संक्रमणले अहिलेसम्म ६ वटा पशुचौपाया मरेका छन् भने करीब ३०० पशु बिरामी परेका छन् । गाउँपालिकाको वडा नं २ बेतहानी र वडा नंं ४ कम्दीका किसानले पालेका पशुमा एक सातादेखि रोगको महामारी देखिएको हो । 
खोप नदिएका बाहिरबाट खरिद गरी ल्याएका पशु तथा रोगी पशु मरेपछि गाउँ नजिकै अव्यवस्थित रुपमा फाल्दा रोगको संक्रमण फैलिएको गाउँपालिकाका पशु चिकित्सक अशोककुमार पाण्डेले बताउनुभयो । ज्वरो आउने, मुखबाट र्याल बग्ने, घाँटी सुन्निने र घ्यार घ्यार गरी तत्कालै पशु मर्ने गरेका छन् । 
पशुमा फैलिएको रोगको उपचार शुरु गरिएपछि अहिले नियन्त्रणमा आएको छ । भ्यागुते रोगविरुद्ध एक्सेप्ट, डेक्सोना र जिट खोप दिई उपचार तीव्र पारिएको पशु चिकित्सक पाण्डेले बताउनुभयो । यो सुई पशुलाई ६–६ घण्टामा दिइन्छ । 
गाउँपालिकाले पशुको निःशुल्क उपचार गरिरहेको छ । उपचारका लागि खटिएका छजना पशु स्वास्थ्य प्राविधिकले उपचारसँगै निःशुल्क औषधिसमेत वितरण गर्दै आएकहा छन् । गाउँपालिकाले सञ्चालन अभियानका कारण रोग नियन्त्रणमा आएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी