हरियाली जङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हरियाली जङ"/>

2026-09-08 10:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

म्याग्दीको पुनहिलमा पर्यटकको चहलपहल बढ्यो

असोज १०, म्याग्दी । विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीको पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । 

हरियाली जङ्गलबीचको डाँडाबाट दृश्यावलोकनका लागि बनाइएको आकर्षक पुनहिल टावरबाट मनोरम हिमशृङ्खलाको दृष्यावलोकनका लागि यस क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । 

असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोरेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक १५० को हाराहारीमा पर्यटक पुनहिल क्षेत्रको भ्रमणमा पुग्ने गरेका छन् । 

पर्यटकका लागि यो उपयुक्त समय हो तर मौसम फेरबदलले पर्यटक आगमन प्रभावित हुने गर्छ, मौसममा सुधार हुँदै गएकाले पर्यटकको आगमनसमेत बढिरहेको छ – अध्यक्ष पुनले भन्नुभयो ।” 

पर्यटकको आकर्षणस्थल बन्दै गएको समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा बिहानीको सूर्योदयसँगै चम्केका हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । लामो र छोटो प्याकेजमा अन्नपूर्ण पदयात्रामा निस्किएका अधिकांशले घोरेपानी क्षेत्रलाई आफ्नो प्रमुख रोजाइमा पार्ने गरेका छन् । 

चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै दन्तलहर झैँ देखिने हिमचुचुरोको दृश्यले त्यहाँ पुग्ने पर्यटक मक्ख परेर फर्कने गरेको स्थानीय होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताउनुभयो । 

यस क्षेत्रबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ भने पुनहिलमा चैत वैशाखमा ढकमक्क फुल्ने थरिथरिका लालीगुराँस तथा पुस र माघमा पर्ने सेताम्मे हिउँ पर्यटकको मुख्य आकर्षण हुन् । 

यस क्षेत्रमा विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकसमेत भ्रमणमा आउने क्रम बढेको छ । घोरेपानी हुँदै पुनहिलको भ्रमणमा जाने पर्यटकलाई लक्षित गरी स्थानीयवासीले अहिले यस क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणलाई जोड दिएका छन् । 

गाउँलाई प्लास्टिक मुक्त बनाएका घोरेपानीवासीले लालीगुराँसको संरक्षण र पुनहिलमा थप पूर्वाधार विस्तार गर्ने कामलाई जोड दिएका छन् । घोरेपानीमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित